रास्वपा उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन्।
उपसभापति पदकी उम्मेदवार डा. तोसिमा कार्कीलाई हराउँदै सोबिता निर्वाचित भएकी हुन्। गौतमले ७८९ र तोसिमाले ५७२ मत ल्याएकी छन्।
चितवनको भरतपुरमा आज पदाधिकारी निर्वाचन भएको थियो। उपसभापति भएकी सोबिता प्रतिनिधि सभा सांसद र कानुन मन्त्री पनि छिन्। उनी यसअघि पार्टी सचिवालय सदस्य थिइन्।
उनी यसअघि पनि सांसद थिइन्। रास्वपामा ३ जना उपसभापति रहने व्यवस्था छ। त्यसमध्ये उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भएका थिए भने एक जना मनोनीत गर्न बाँकी छ।

