बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?


नेपाली बजारमा आज (मंगलबार)सुन-चाँदीको भाउ बढेको छ।

सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला चार हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित मिति : २०८३ जेष्ठ २६, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार