‘लालीबजार’ फिल्म विवादः प्रमाण मिसिल झिकाउने आदेश


काठमाडौँ । उच्च अदालत पाटनले ‘लालीबजार’ फिल्म विवादमा रोशनी नेपालीले दायर गरेको रिटमा प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले चलचित्र जाँच समितिको निर्णय र सो निर्णयसँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश जारी गरेको छ । साथै रिट निवेदनसँग सम्बन्धित आधिकारिक चलचित्रको सफ्टकपि इजलास समक्ष देखाई फिर्ता लैजाने गरी पेस गर्न भनेको छ ।

यसअघि जेठ १ गते सर्वोच्च अदालतले उक्त फिल्म हेरेर निर्णय लिन उच्च अदालतको नाममा आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि नेपालीले पुन उच्च अदालतमा निवेदन दिएकी थिइन । उक्त फिल्म वैशाख २५ गतेदेखि प्रदर्शन भइरहेको छ ।

उच्च अदालतले उक्त फिल्म हेरेपछि फिल्म संसोधन या बन्द गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।


प्रकाशित मिति : २०८३ जेष्ठ १३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार