नेपाल फुलबारी “Environmental Excellence Award 2026” द्वारा सम्मानित


लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टले नेपालका विभिन्न शहरहरूमा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै NEPAL FULBARI WASTE 3R POLLUTION CONTROL SERVICE PVT. LTD. लाई प्रतिष्ठित “Environmental Excellence Award 2026” द्वारा सम्मान गरेको छ।

उक्त सम्मान कार्यक्रम २०८३-०२-०२ गते नेपाल फिल्म डेभलपमेन्ट बोर्ड, चाबहिलमा विभिन्न विशिष्ट व्यक्तित्व तथा अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो। संस्थाले फोहोर संकलन, पुनः प्रयोग (Recycling), प्रदूषण नियन्त्रण तथा दिगो वातावरणीय अभ्यासहरू मार्फत स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो।

नेपाल फुलबारी वेस्ट 3R पोलुसन कन्ट्रोल सर्भिस प्रा.लि. ले सञ्चालन गर्दै आएका प्रभावकारी वातावरणीय अभियान तथा जिम्मेवार फोहोर व्यवस्थापन सेवाले शहरी सरसफाइ, वातावरणीय चेतना तथा दिगो विकास प्रवर्द्धनमा प्रेरणादायी उदाहरण स्थापित गरे छ। लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टले संस्थाको नेतृत्व, समर्पण तथा हरित र स्वच्छ नेपाल निर्माणमा पुर्याएको सकारात्मक योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ।

कार्यक्रमको सभापतित्व लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टकी अध्यक्ष पूजा रेग्मी महन्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम सम्मान, शुभकामना तथा वातावरणीय दिगोपन र सामाजिक विकासप्रति संस्थाले आगामी दिनहरूमा पनि निरन्तर सफलता हासिल गरोस् भन्ने कामनासहित सम्पन्न भएको थियो।


प्रकाशित मिति : २०८३ जेष्ठ ४, सोमबार गते

धेरै पढिएको

ताजा समाचार