प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय


२३ चैत, काठमाडौं । सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ ।

संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन आज बसेको सर्वदलीय बैठकले नयाँ नियमावली बनाउने निर्णय गरेको हो ।

बैठकले प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गर्नका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो ।

यस्तै, २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि बैठकले गरेको छ । प्रतिनिधिसभा नियमावलीमा २१ सदस्य रहने व्यवस्था छ ।

आजकै बैठकले संसदको कामकारबाहीलाई डिजटल बनाउँदै लैजाने निर्णय पनि गरेको छ ।


प्रकाशित मिति : २०८२ चैत्र २३, सोमबार गते

धेरै पढिएको

ताजा समाचार