मेडिकल काउन्सिलले तोक्यो फेलोसिप गर्ने चिकित्सकलाई न्यूनतम पारिश्रमिक


१५ फागुन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

फेलोसिप कार्यक्रममा पूर्णकालीन रूपमा कार्यरत चिकित्सकहरूको मनोबल उच्च राख्न तथा उनीहरूको सेवाको उचित कदर सुनिश्चित गर्न न्यूनतम ९औं तह बराबरको पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो ।

सरकारको नीति तथा चिकित्सा शिक्षा सम्बन्धी विद्यमान व्यवस्थाअनुसार यो निर्णय गरिएको काउन्सिलका रजिस्ट्रार डा. सतीश कुमार देवले जानकारी दिए । काउन्सिलको २३ र २४ पुसमा बसेको पूर्णबैठकले यो निर्णय गरेको हो ।

स्वीकृति प्राप्त गरी फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका सबै सम्बन्धित संस्थालाई आवश्यक कार्यान्वयनका लागि काउन्सिलले निर्देशन दिएको छ ।


प्रकाशित मिति : २०८२ फाल्गुन १५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार