काठमाडौँ, १२ फागुन २०८२ – ब्रिजवाटर इण्टरनेशनल कलेज, सिनामंगल काठमाण्डुले वार्षिक ‘फुड फेष्टिबल २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ। कक्षा ११ र १२ मा होटल म्यानेज्मेण्ट विषय लिई अध्ययनरत विद्यार्थीहरुको अगुवाइमा सम्पन्न ‘बाइट एण्ड डिलाइट फेष्ट’ नाम दिइएको सो एक दिने महोत्सवको उद्घाटन जिल्ला होटल संघ काठमाण्डुका अध्यक्ष श्री सुरेश बरालले गर्नु भएको थियो। कलेज परिसरमा आयोजित यस कार्यक्रमको अध्यक्षता कलेजका प्राचार्य श्री कृष्ण पौडेलले गर्नु भएको थियो। विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई एकै स्थानमा समेट्दै स्वाद, मनोरञ्जन र सांस्कृतिक गतिविधिको एकीकृत अनुभव गराउनु महोत्सवको उद्देश्य रहेको थियो।
यस वर्षको मेलामा विद्यार्थी आँफैले तयार पारेका बिभिन्न २६ परिकारहरुका १३ वटा स्टल राखिएका थिए। जसमा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय व्यञ्जनसम्मको विविधता प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले आफ्नै सिर्जनशीलता र पाककला कौशल देखाउँदै बारा, छोएला, मेक्सिकन कर्नकप, स्याण्डविच पप, दही पापडी, पीङ्गर फ्रायर्स, स्याफाले, लाफिङ, मोमो, पास्ता, सुशी, पिज्जा, चटपटे, पानी-पुरी, चुकाउनी, मिक्स्ड फ्रुट योगर्ट, रेन्बो कप, सलाद, लगायतका परिकारहरू तयार पारेका थिए। प्रत्येक स्टलमा विद्यार्थीहरूको टोलीले ग्राहकलाई स्वागत गर्दै परिकारको उत्पत्ति, बनाउने तरिका र विशेषता बारे जानकारी पनि दिएका थिए, जसले कार्यक्रमलाई केवल स्वादको अनुभव मात्र नभई शैक्षिक स्वरूप पनि प्रदान गरेको थियो।
फेष्टिबलमा ‘कुकिङ शो’, सांस्कृतिक प्रस्तुति’, ‘फुड टेस्टीङ, ‘फन गेम्स’ र फोटोग्राफीका गतिविधिहरूले सहभागीहरूको उत्साह उच्च बनायो।

उद्घाटन समारोहमा मुख्य अतिथिको रुपमा हेटल संघ काठमाण्डुका अध्यक्ष श्री सुरेश बरालले विद्यार्थीहरुले आफ्नो सिप र कौशलको सामर्थ्यले स्वदेशमा नै अनन्त सम्भावना छ र पर्यटन क्षेत्र नेपालको गौरव भएको कुरा बताए। स्थानीय परिकारको मौलिकता र प्रचारले नेपालप्रति बिदेशीहरुको आकर्षण झनै विस्तार र व्यापक गराउने कुरातर्फ हामीले काम गर्नु विषयमा वहाँले जोड दिनुभएको थियो। कलेज प्रचार्य श्री कृष्ण पौडेलले मुख्य अतिथिलाई धन्यवाद र मायाको चिनो प्रदान गर्दै भन्नुभयो, “हाम्रो उद्देश्य विद्यार्थीहरूलाई केवल कक्षाकोठाभित्रको ज्ञानमा सीमित नराखी, जीवनका विभिन्न सीपहरू सिकाउने हो। फुड फेष्टिबल जस्ता कार्यक्रमहरूले नेतृत्व क्षमता, सामूहिक भावना, उद्यमशीलता र सांस्कृतिक सम्मानको भावना विकास गर्न मद्दत पुर्याउँछन्।‘ वहाँले भन्नु भयो।
ब्रिजवाटर इण्टरनेशनल कलेजले यस्ता सिर्जनात्मक, शैक्षिक र सामुदायिक कार्यक्रमहरूलाई आगामी वर्षहरूमा अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना बनाएको छ। कलेज प्रशासनले अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी र स्थानीय समुदायलाई निरन्तर समर्थन र सहभागिताका लागि धन्यवाद ज्ञापन गरेको छ।
ब्रिजवाटर इण्टरनेशनल कलेज
सिनामंगल, काठमाडौं

