अनिल कपूरको ‘सुबेदार’ ट्रेलरः अन्यायविरूद्ध पूर्व सैनिकको लडाइँको कथा (भिडिओ)


बलिउड अभिनेता अनिल कपूर अभिनीत फिल्म ‘सुबेदार’ को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा अनिल एक दृढ र स्वाभिमानी पूर्व सैनिकको भूमिकामा छन्, जो अपमान र अयायविरूद्ध जुध्न बाध्य हुन्छन्। आफ्नो परिवारसँग शान्त जीवन बिताइरहेका बेला परिस्थितिले उनलाई पुनः संघर्षको मैदानमा उतार्छ।

अन्याय, दबाब र अपमान सहन नमान्ने उनको चरित्रलाई शक्तिशाली संवादमार्फत प्रस्तुत गरिएको छ। आफू गोली सहन तयार भए पनि अपमान सहन नसक्ने भाव उनको पात्रले व्यक्त गर्छ।

सुरेश त्रिवेणीद्वारा निर्देशित ‘सुबेदार’ निर्देशक सुरेश र प्रज्वल चन्द्रशेखरले लेखेका हुन्।

फिल्ममा अनिलसँगै राधिका मदन, सौरभ शुक्ला, आदित्य रावल, मोना सिंह र फैसल मलिकको अभिनय छ। ग्रामीण परिवेशमा फैलिएको अवैध गतिविधि र त्यसविरूद्ध एक पूर्व सैनिकले गर्ने संघर्षको कथामा फिल्म केन्द्रित रहेको बताइएको छ।

प्राइम भिडियो इन्डियाको प्रस्तुति रहेको ‘सुबेदार’ को निर्माता विक्रम मल्होत्रा, अनिल कपूर, सुरेश त्रिवेणी हुन्। यसको प्रदर्शन ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडिओ मार्फत गरिनेछ। आगामी मार्च ५ २०२० मा प्रदर्शन तय छ।


प्रकाशित मिति : २०८२ फाल्गुन १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार