आयोजक सहारालाई १२ वर्षपछि आहा!रारा पोखरा गोल्डकप


आयोजक सहारा क्लब पोखरा ले  २५औँ आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

पोखरा रंगशालामा फाइनलमा ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई २-० ले हराउँदै च्याम्पियन बनेको हो। सहाराले १२ वर्षपछि उपाधि जितेको छ। सहाराले पछिल्लो पटक २०७० उपाधि जितेको थियो।

२५औँ मिनेटमा मुकुन्द कुमार निउरेले गोल गर्दै सहारा अग्रता दिलाए । सुशील लामाको कर्नर किकबाट आएको बलमा मुकुन्दले हेडरमार्फत गोल गरेका हुन्।‌
७३औँ मिनेटमा डेनिएल बादारुले गोल गर्दै
सहाराको जित पक्का गरे ।

सहाराले ट्रफीसहित १४ लाख १ हजर रुपैयाँ र जावलाखेलले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो।
माघ २७ गते सुरु भएको प्रतियोगितामा ३ विदेशी टोलीसहित कुल १२ टोलीको सहभागिता थियो । १२

आहा राराका उत्कृष्ट

सर्वोत्कृष्ट खेलाडी – मुकुन्द कुमार निउरे (सहारा) – टेल्जीको इलेक्ट्रिक स्कुटर
सर्वाधिक गोलकर्ता –पापा आइवौ केवे (प्लानिङ ब्वाइज युनाइटेड) ३ गोल
उत्कृष्ट गोलकिपर–टिकेन्द्र थापा (सहारा)
उत्कृष्ट डिफेन्डर–डाए डानियल (सहारा)
उत्कृष्ट मिडफिल्डर–बौबोकार शिसोको (जावलाखेल)
उत्कृष्ट फरवार्ड –धरवेन्द्र कुँवर (जावालाखेल)
उत्कृष्ट प्रशिक्षक –सुनिल राना मगर (सहारा )
फेयर प्ले टिम–आभा एफसी, उज्वेकिस्तान
वर्ष उदियमान खेलाडी–मुकुन्द कुमार निउरे (सहारा क्लब)
उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गरे


प्रकाशित मिति : २०८२ फाल्गुन १०, आईतवार गते

धेरै पढिएको

ताजा समाचार