कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित


६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो ।

कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ ।

त्यसअघि कांग्रेसले उक्त पत्र पार्टी बैठकबाट पारित गरेको हो ।


प्रकाशित मिति : २०८२ फाल्गुन ६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार