पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्।
महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा एक प्रहरीमाथि युवकले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो।
ती युवकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
ती युवक मकवानपुर ठुलदमार स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-१३ बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेको खुलेको छ।
भिडिओ भाइरल भएपछि काठमाडौं प्रहरी परिसरले सूचना नै जारी गरी ती युवकबारे जानकारी दिन आह्वान गरेको थियो।
श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

