५औँ Sparsh Music Video Award 2026 सफलतापूर्वक सम्पन्न


काठमाडौं | १३ फेब्रुअरी २०२६ (फागुन १): नेपाली संगीत तथा सिर्जनात्मक क्षेत्रको उत्कृष्टतालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको ५औँ Sparsh Music Video Award 2026 भव्यता, आकर्षण र उत्साहपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ।
यो प्रतिष्ठित अवार्ड समारोह Sparsh Media & Entertainment, Pageant Nepal International तथा Bright Event Management को संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली मनोरञ्जन क्षेत्रका कलाकार, प्राविधिक, मोडल, निर्देशक, मिडिया व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विशेष सम्मान: Timeless Handsome Superstar – Dhiren Shakya
कार्यक्रमको प्रमुख आकर्षणको रूपमा अभिनेता धिरेन शाक्यलाई “Timeless Handsome Superstar” को प्रतिष्ठित उपाधिबाट सम्मान गरिएको थियो।

उहाँप्रति श्रद्धाञ्जलीस्वरूप निम्न कलाकारहरूले विशेष प्रस्तुति दिएका थिएः
* ऋचा थापा
* समिता गिरी
* हिमानी सुब्ना
* स्विन्जा सुनाम
* दिक्पाल कार्की
* यसराज गराच
यी प्रस्तुतीहरूले सुपरस्टारको योगदान र व्यक्तित्वलाई सम्मान गर्दै दर्शकहरूबाट स्ट्यान्डिङ ओभेसन प्राप्त गरे। उक्त प्रस्तुतीहरूको सुन्दर कोरियोग्राफी Sandeep Bhujel द्वारा गरिएको थियो।

अन्य प्रस्तुतीहरू
कार्यक्रमलाई थप आकर्षक बनाउँदै निम्न कलाकारहरूले उत्कृष्ट प्रस्तुती दिएका थिएः
* इच्छा अधिकारी
* विशाल श्रेष्ठ
* परिश्ना बास्तोला
* FACE OF MADWADI का प्रतियोगीहरू
कार्यक्रम सञ्चालक
कार्यक्रमको सफल सञ्चालन निम्न व्यक्तित्वहरूले गरेका थिएः
* बिनाश्री श्रेष्ठ
* गोपाल ढकाल
* यसराज गराच
उहाँहरूको उत्कृष्ट प्रस्तुति, हास्यव्यंग्य तथा व्यावसायिक शैलीले कार्यक्रमभर दर्शकलाई आकर्षित गरिराख्यो।
अवार्ड विजेताहरू
१. बाल तथा युवा प्रतिभा विधा
* सर्वोत्कृष्ट बाल कलाकार (पुरुष): रिदम जटाल – दिलको खाली पर्छमा
* सर्वोत्कृष्ट बाल कलाकार (महिला): परिणा भण्डारी – सुनसान रातमा–२
* आशालाग्दो बाल कलाकार: आहाना श्रेष्ठ
२. डेब्यु तथा उदाउँदो तारा विधा
* सर्वोत्कृष्ट मोडल डेब्यु (पुरुष): सुरेन्द्र दियाली – सम्हालेर राखेको छु
* सर्वोत्कृष्ट मोडल डेब्यु (पुरुष / आधुनिक): अनिमेष गुरुङ – ओ भावना
* सर्वोत्कृष्ट मोडल डेब्यु (महिला): आकृति बस्नेत – धेरै दिन
* सर्वोत्कृष्ट मोडल डेब्यु (पुरुष) – निर्णायक छनोट: मनीष गौतम – दशैं आयो
* सर्वोत्कृष्ट मोडल डेब्यु (महिला) – निर्णायक छनोट: अन्विषा खड्गी – यानी बैशा
३. प्राविधिक विधा
* सर्वोत्कृष्ट प्रोडक्सन म्यानेजर: निर्मल न्यौपाने
* सर्वोत्कृष्ट क्यामेरापर्सन (डायस्पोरा): राजिव आचार्य – पहिलो प्रेम
* सर्वोत्कृष्ट सम्पादक: राजु जंग बस्नेत – सुनसान रातमा–२
* सर्वोत्कृष्ट क्यामेरापर्सन: दिनेश पराजुली – लाहुरेले लैना केरे
४. संगीत तथा सिर्जनात्मक विधा
* सर्वोत्कृष्ट गीतकार (डायस्पोरा): ईशान ढकाल – पहिलो प्रेम
* सर्वोत्कृष्ट गीतकार (आधुनिक): देवेन्द्र आचार्य – सजाय काफी हुँदैन
* सर्वोत्कृष्ट गीतकार – लिरिकल म्युजिक भिडियो: परश मणि बराल – के गर्ने के गर्ने
* अन्तर्राष्ट्रिय संगीतकार: निशाद चन्द्र
* सर्वोत्कृष्ट संगीत निर्देशक: सुशील विश्वकर्मा – भुत्तुक्कै भएनी
* सर्वोत्कृष्ट संगीत निर्देशक (निर्णायक छनोट): दीपक तिरुवा – तिम्रै लागि
५. गायन तथा प्रस्तुति विधा
* सर्वोत्कृष्ट गायक (डायस्पोरा): निता आचार्य
* सर्वोत्कृष्ट गायक (लोक दोहोरी): प्रमोद शर्मा / शर्मिला बर्देवा – खै त मायाले कुरा बुझेको
* सर्वोत्कृष्ट गायिका (आधुनिक): माधवी अर्याल – काफल गेडी
* सर्वोत्कृष्ट गायक (आधुनिक): प्रचण्ड बाबु राई – यो मायाले
* सर्वोत्कृष्ट गायक (पुरुष): सुमन रेग्मी – चिसो चिसो हावामा
* सर्वोत्कृष्ट गायिका (महिला): मिलन अमात्य – सुनसान रातमा–२
६. मोडलिङ तथा अभिनय विधा
* सर्वोत्कृष्ट मोडल (पर्व गीत): योगेश भण्डारी – दशैं आयो
* सर्वोत्कृष्ट मोडल (लोक दोहोरी): लोसीना लामिछाने – आकाश का
* सर्वोत्कृष्ट मोडल (महिला / आधुनिक): प्रिया रानी लामा – विश्वासको घर
* सर्वोत्कृष्ट मोडल (महिला / लोक आधुनिक): मेनुका माझी – आजम्बरी माया
* सर्वोत्कृष्ट मोडल (पुरुष / आधुनिक): प्रिज्योल भण्डारी – सुनको बाला
* सर्वोत्कृष्ट मोडल (पुरुष / लोक पप): रमेश जटाल – दिलको खाली पर्छमा
* सर्वोत्कृष्ट मोडल (महिला): प्रिज्मा खडिवडा – बेरंग
* सर्वोत्कृष्ट मोडल (पुरुष): सुधिर श्रेष्ठ – कश्मीरे गम्छा
७. कोरियोग्राफी तथा निर्देशन विधा
* सर्वोत्कृष्ट कोरियोग्राफर: दिलिप ओखेडा – पैसा चाहिन्छ
* सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (निर्णायक छनोट): सुब्रत आचार्य – गाजलु ती ठूला ठूला आँखा
* सर्वोत्कृष्ट कोरियोग्राफर (निर्णायक छनोट): केशव कोइराला – जुनको किरण
* सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (आधुनिक): कृष्ण रासल – पछ्यौरीको एउटा पाटो
* सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (पप / आधुनिक): सन्दीप भुजेल – मायाको धुन
* सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक: सुनिल बीके – पुतली
८. विशेष, प्रतिष्ठित तथा सामाजिक प्रभाव विधा
* सर्वोत्कृष्ट चलचित्र बाल कलाकार: दिप्सन चिलुवाल – झरीपछि को इन्द्रेणी
* सामाजिक प्रभाव चलचित्र निर्माता: अनुपम श्रेष्ठ – गुन्यो चोली
* Women of Courage & Influencer: नानु सिंह
* Women of Impact: रेश्मा घिमिरे
* Influential Mrs Crown & Social Impact: टिना आले कवार मगर
* Multitasking Media Personality: सरिता भारती
* Unstoppable Spirit Award: सबित बज्राचार्य
* Outstanding Young Media Professional: दीपक बन्जारा
* Celebrity Hair Stylist: सोनु शर्मा
* Best Makeup Artist: शान्ता कार्की
* Best Model: सालिना खत्री
* Best Beauty Product of the Year: NEWLOOK
* Best Pageant Organizer (Community Based): रेखा मोदी मित्रुका
* Outstanding Young Pageant Organizer: कृष्ण श्रेष्ठ “ROBEN”
* Outstanding Choreography & Direction Award: राहुल शाह
* Outstanding Fashion Choreographer: अश्विनी झा
* Best Music Video: पुतली

यस वर्षको Sparsh Music Video Award 2026 नेपाली संगीत तथा म्युजिक भिडियो क्षेत्रका सर्जक, कलाकार तथा प्राविधिकहरूको योगदानलाई सम्मान गर्दै अत्यन्त सफल र स्मरणीय रूपमा सम्पन्न भएको छ। कार्यक्रमले नेपाली संगीत उद्योगको विकास, प्रोत्साहन तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकहरूले बताएका छन्।


प्रकाशित मिति : २०८२ फाल्गुन ३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार