कमलादीमा गुञ्जियो मनास्लु कलेजको रौनक: सुजल र अभियानले चुमे उपाधि


काठमाडौं । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा बिहीबार मनास्लु वर्ल्ड कलेजद्वारा आयोजित “स्वागत तथा सम्मान कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सिर्जनशीलता प्रस्फुटन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो।

मुख्य विजेताहरू

प्रतिस्पर्धाको अन्तिम नतिजाअनुसार सुजल सापकोटा ‘मिस्टर मनास्लु–२०८२’ र अभियान घिमिरे ‘मिस मनास्लु–२०८२’ घोषित भएका छन्।

विधा पुरुष विजेता महिला विजेता
मुख्य उपाधि सुजल सापकोटा (मिस्टर मनास्लु) अभियान घिमिरे (मिस मनास्लु)
प्रथम उपविजेता सुभान मगर नुमा लिम्बु
द्वितीय उपविजेता कुशल नेपाल आध्या अर्याल

विधागत उपाधि विजेताहरू

कार्यक्रममा विद्यार्थीहरूको प्रतिभाका आधारमा विभिन्न विधागत अवार्डहरू पनि वितरण गरिएको थियो:

  • मिस्टर एण्ड मिस पर्सनालिटी: सुभान मगर र सिवानी केसी

  • मिस्टर एण्ड मिस कन्फिडेन्ट: प्रतीक मोक्तान र नुमा लिम्बु

  • मिस्टर एण्ड मिस ट्यालेन्ट: सुजल सापकोटा र अभियान घिमिरे

  • मिस्टर एण्ड मिस मल्टिमिडिया: आयुष लामा र सृजना राई

  • मिस्टर एण्ड मिस इन्फ्लुएन्सर: निश्चल दरलामी मगर र राएल शारोन श्रेष्ठ

  • मिस्टर एण्ड मिस फोटोजेनिक: आयुष लामा र राएल शारोन श्रेष्ठ

  • मिस्टर एण्ड मिस फ्रेन्ड्ली: कुशल नेपाल र सामिका तामाङ

  • मिस्टर एण्ड मिस बेस्ट वाक: प्रतीक मोक्तान र आध्या अर्याल

  • मिस्टर एण्ड मिस बेस्ट ड्रेस: कुशल श्रेष्ठ र ऋतिका थापा

  • ब्युटी विथ ब्रेन: सामिका तामाङ

  • आयोजक छनोट: निश्चल दरलामी मगर

अतिथि तथा निर्णायक मण्डल

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ उपस्थित थिए। निर्णायकको भूमिकामा मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठ, मोडल अलिशा शंकर, अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झा र अभिनेता/गायक कोशिश क्षेत्री रहेका थिए।

कार्यक्रमको सञ्चालन सुगरिका केसी र सह–सञ्चालन पूर्णिमा कार्कीले गरेका थिए भने कोरियोग्राफी स्नेहा भट्टराईले गरेकी थिइन्। कार्यक्रम निर्देशन सोनित राज ढुंगेल र फोटोग्राफी किश्मिता थापाले सम्हालेका थिए। र्‍याम्प वाक, प्रश्नोत्तर र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।


प्रकाशित मिति : २०८२ फाल्गुन २, शनिबार गते

धेरै पढिएको

ताजा समाचार