नेपाली राष्ट्रिय क्रिकेट टोली महिला एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो खेलमा पाकिस्तानसँग पराजित


नेपाली राष्ट्रिय क्रिकेट टोली महिला एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ।

थाइल्याण्डमा आज सुरु भएको राइजिङ स्टार्सको पहिलो खेलमा नेपाली टोलीले पाकिस्तानको ‘ए’ टोलीसँग ३० रनले गुमाएको हो।

१ सय ३८ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो।

ओपनर बिन्दु रावलले बनाएको टोलीका‌ लागि सर्वाधिक ३९ रन बनाइन् । ४५ बलमा ८ चौका प्रहार गरेकी बिन्दु मोमिना रियासतको बलमा क्याच आउट हुन पुगिन्। कविता कुवँर १८ र सिता रानामगर १९ रनमा अविजित रहे।

कप्तान पूजा महतो १६ बलमा ११ रन बनाउँदा अनोसा नासिरको बलमा आउटभइन्। सम्झना खड्का ५ बलमा १ चौका सहयोगमा ६ रन बनाउँदा अख्तरबाट कट एण्ड बोल्ड भइन्।

कविता जोशी शुन्य रनमा नै अनोसा नासिरको बलमा एलबिडब्लु धरापमा परिन्। रुवि पोडार ३ र रुविना क्षेत्री २ रन बनाइन् ।
पाकिस्तानी अनोसा नासिरले ३ , मोमिना रियासतले २ र वाहिदा अख्तरले १ विकेट लिए ।

बैककस्थित टे«डथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पाकिस्तान ए टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३७ रनको बनाएको थियो।

पाकिस्तान ए का लागि कप्तान हाफ्सा खालिद ३९ बलमा २ चौका र १ छक्का सहयोगमा ४० रनमा नटआउट रहिन्।

Pictures from the match between Pakistan Women A and Nepal during the DP World ACC Asia Cup Rising Stars Women’s 2026 Terd Thai Cricket Ground on February 13, 2026 in Lat Krabang, Bangkok, Thailand. Photo by Peter Lim for Asian Cricket Council

वाहिदा अख्तर २३ रन बनाउँदा रिया शर्माको बलमा रुविना क्षेत्रीको हातबाट क्याच आउट भइन्। हुरैना सज्जादले १७ र सवाल जुल्फीकरले १० रन बनाइन् ।

नेपालका लागि कविता कुवँरले २, मनिषा उपाध्याय, रिया शर्मा, सिता रानामगर र रुविना क्षेत्रीले समान १ विकेट लिए ।

नेपालले समूह चरणको दोस्रो खेल आइतबार युएईसँग र अन्तिम खेलमा मंगलबार भारत ‘ए’ सँग खेल्नेछ।
एसिया कपमा सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ।

समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने २ टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल २२ फेब्रुअरीमा हुनेछ। समूह बी मा आयोजक थाइल्यान्डसहित बंगलादेश, मलेसिया र श्रीलंका छन्।


प्रकाशित मिति : २०८२ फाल्गुन १, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार