म्यानचेस्टर युनाइटेडले वेस्ट हम युनाइटेडसँग अन्तिम समयमा गोल गर्दै १–१ को बराबरी खेलेको छ।
खेलमा वेस्ट हमका टोमास सुचेकले ५० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका । वेस्ट हम जित नजिक पुगेको थिए।
लगातार ४ खेल जितेको माइकल क्यारिकको नेतृत्वको युनाइटेड पहिलो हारतर्फ बढेको देखिएको थियो। तर दोस्रो हाफको इन्जुरी समयको अन्तिम क्षण छैटौं मिनेटमा बेन्जामिन सेस्कोले सुन्दर गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए। त्यसअघि युनाइटेडका कासेमिरोले गरेको हेडर अफसाइडका कारण गोल मान्यता पाएन।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेड ४५ अंकसहित लिगको चौथो स्थानमै छ। वेस्ट ह्याम भने १८औँ स्थानमा नै रहेको छ र रेलिगेसन क्षेत्रबाट बाहिर निस्कन अझै संघर्ष गर्नुपर्ने अवस्था छ।
अन्य खेलमा चेल्सी र लिड्सले २-२ को बराबरी खेलेका छन्। न्युक्यासलले टोटनहमलाई र बोर्नमाउथले एभर्टनलाई समान २-१ ले हराएको छ।

