सेयर बजारमा मूल्य हेरेर लगानी गर्नेका लागि विभिन्न कम्पनी पाइन्छन्। लगानीकर्ताको छनोट अनुसार उच्च मूल्यका, न्यून मूल्यका र मध्यम मूल्यका कम्पनीहरू बजारमा छन्।
धेरै लगानीकर्तालाई उच्च मूल्यका कम्पनीमा त्यसै त्रास हुने गर्छ। मूल्य बढ्दा पनि उच्चले बढ्ने र घट्दा पनि उच्चले घट्ने भएकाले यस्ता कम्पनीमा लगानी गर्न धेरै डराउँछन्।
त्यस्तै, न्यून मूल्यका कम्पनीमा पनि लगानीकर्ताहरूलाई त्रास हुन्छ। मूल्य ज्यादै न्यून छ, फेरि मूल्य बढ्छ बढ्दैन, मूल्य बढ्न कति समय लाग्ला भन्ने आशंकाले पनि धेरैले यस्ता कम्पनी किन्न सकिरहेका हुँदैनन्।
त्यहीँ मूल्य मध्यम रहेका कम्पनीहरूमा भने लगानीकर्ताहरूलाई कम डर पाइन्छ। मूल्य स्थिर भइरहने धेरै घट्ने र बढ्ने नहुँदा केही लाभ पनि हुने र घट्दा ठूलो जोखिम पनि नहुने लगानीकर्ताहरूलाई लागिरहेको हुन्छ।
जोखिम मूल्यको आधारमा मात्रै भने हुँदैन। कम्पनीको वित्तीय अवस्था, त्यसको भविष्यमा हुन सक्ने कारोबार वा व्यवसायको वृद्धि, त्यस कम्पनी रहेको समग्र क्षेत्रको अवस्था, बाह्य प्रभाव लगायत कारण पनि मूल्यमा फेरबदल भइरहेको हुन्छ। त्यस्तै, कतिपय कम्पनीहरूमा केही समूह मिलेर सेयर मूल्य बढाइरहेका पनि हुन्छन्। यिनै पक्ष ध्यान दिएर लगानी गरेमा जुनै मूल्यका कम्पनीमा पनि लगानीकर्तालाई लाभ हुन्छ।
आज भने हामीले प्रतिकित्ता ४०० देखि ४५० रूपैयाँसम्म कारोबार भइरहेका सेयर रहेका १९ कम्पनीको चर्चा गर्दैछौं।
मूल्य मध्यम भएकै आधारमा यी कम्पनी लगानीको लागि छनोट गर्नुअघि यिनका वित्तीय सूचक पनि हेर्नुपर्ने हुन्छ।
यही कारण यी कम्पनीलाई ५२ साताको उच्च र न्यून मूल्य, कम्पनीहरूले तीन वर्षयता दिएको औसत लाभांश, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ जस्ता केही सूचक राखेका छौं।
अहिले यी कम्पनीहरूमा ५२ साताको उच्च मूल्यबाट धेरै घट्नेमा रिभर फल्स हाइड्रो छ। यसको मूल्य ९५० रूपैयाँसम्म रहेकामा अहिले ४१५ रूपैयाँमा कारोबार भइरहेको छ। उच्चबाट ५६ प्रतिशतले मूल्य घटेको हो।
त्यस्तै, यो अवधिको उच्च मूल्यबाट सबभन्दा नजिक रहनेमा ङादी ग्रुप छ। यसको मूल्य ४६५ रूपैयाँबाट ८.१७ प्रतिशतले घटेर ४२७ रूपैयाँमा कारोबार भइरहेको छ।
५२ साताको न्यून मूल्यबाट सबभन्दा कम बढ्नेमा साइन रेसुंगा डेभलपमेन्ट बैंक छ। यो ३८२ रूपैयाँको न्यूनतम मूल्यबाट ६ प्रतिशत मात्रै बढेर अहिले ४०५ रूपैयाँमा कारोबार भइरहेको छ।
सेयर ५२ हप्ताको न्यून मूल्य नजिक आउँदा किन्न र ५२ हप्ताको उच्च विन्दु नजिक आउँदा बेच्न सकिन्छ।
तर यी १९ कम्पनीमा पनि धेरैले तीन वर्षयता लाभांश नै दिएका छैनन्। केहीले लामो समयपछि गत वर्ष मात्र लाभांश दिएका छन्। केहीले दुई वर्ष मात्रै निरन्तर लाभांश दिएका छन्।
यिनमा कतिपय कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ। प्रतिसेयर आम्दानी भनेको कम्पनीले गरेको आम्दानी रकमलाई प्रतिसेयरमा भाग लगाएर निस्कन्छ। कुनै कम्पनीको प्रतिसेयर आम्दानी एक रूपैयाँ छ भन्नुको अर्थ एक कित्ता सेयर बराबर कम्पनीले एक रूपैयाँ कमायो भन्ने हो। प्रतिसेयर आम्दानी जति धेरै भयो त्यति राम्रो हो।
अर्को सूचक हो प्रतिसेयर नेटवर्थ।
कम्पनीको आजको दिनमा रहेको सम्पूर्ण सम्पत्ति बिक्री गर्दा एक कित्ता सेयरलाई कति पैसा भाग लाग्छ भन्ने यसले देखाउँछ।
मानौं, कुनै कम्पनीको प्रतिसेयर नेटवर्थ १८० रूपैयाँ छ भने कम्पनीको आजको दिनको सबै सम्पत्ति बेच्दा एक कित्ता सेयरले एक सय ८० रूपैयाँ पाँउछ भन्ने हुन्छ। यो दर पनि जति धेरै भयो त्यति राम्रो मानिन्छ।
सामान्यतया कम्पनीहरूको अंकित मूल्य (आइपिओमा तोकिएको मूल्य) १०० रूपैयाँ हुन्छ। यो मूल्य भनेको कम्पनीले आइपिओ जारी गर्दा तोकेको न्यूनतम मूल्य हो। त्यसैले यो दरभन्दा नेटवर्थ कम हुनु राम्रो मानिँदैन।
यी १९ कम्पनीमा केहीको नेटवर्थ ऋणत्मक छ केहीको १०० रूपैयाँभन्दा कम पनि छ।
कम्पनीहरूमा सुधार हुँदै जाँदा यी दरमा पनि सुधार हुँदै जान सक्छ। त्यसैले कम्पनीको कारोबार वा व्यवसायमा सुधार हुँदै जान सक्ने सम्भावना पनि हेरेर लगानी रणनीति बनाउनुपर्छ।
| कम्पनी | ३ वर्षको औसत लाभांश% | प्रतिसेयर अम्दानी रूपैयाँ(दोस्रो त्रैमास) | प्रतिसेयर नेटवर्थ रूपैयाँ (दोस्रोत्रैमास) |
| मनकामना इन्जिनियरिङ हाइड्रो |
छैन |
पहिलो त्रैमास २.४४ |
पहिलो त्रैमास ६६.२१ |
| सानिमा मिडल तमोर |
छैन |
पहिलो त्रैमास ६.३० |
पहिलो त्रैमास ११६ |
| मेन्छिम हाइड्रो |
छैन |
छैन |
छैन |
| आइएमइ लाइफ |
१९ |
११ |
१२९ |
| जानकी फाइनान्स |
२१ |
-६ |
-५ |
| आइजिआइ प्रुडेन्सियन इन्स्योरेन्स |
२ वर्षको ७.३६ |
पहिलो त्रैमास -२७ |
पहिलो त्रैमास १७९ |
| सूर्य ज्योती लाइफ |
१३ |
पहिलो त्रैमास ११.९३ |
पहिलो त्रैमास ११० |
| नेपाल रिपब्लिक मिडिया |
छैन |
पहिलो त्रैमास -१.६१ |
पहिलो त्रैमास ८७.२३ |
| सोनापुर मिनिरल्स |
छैन |
पहिलो त्रैमास १.४२ |
पहिलो त्रैमास १९१ |
| इस्टर्न हाइड्रो |
छैन |
पहिलो त्रैमास २.८९ |
पहिलो त्रैमास ७५.८१ |
| ङादी ग्रुप |
१० |
पहिलो त्रैमास २.३५ |
पहिलो त्रैमास १५५ |
| घोराही सिमेन्ट्स |
२ वर्षको १२.७६ |
-५ |
१६६ |
| रिभर फल्स पावर |
छैन |
पहिलो त्रैमास १७.९५ |
पहिलो त्रैमास १०५ |
| सांग्रिला डेभलपमेन्ट |
६ |
१६ |
१५३ |
| नेपाल एसबिआइ बैंक |
११ |
१९ |
१९३ |
| न्यादी हाइड्रो |
छैन |
पहिलो त्रैमास -०.५१ |
पहिलो त्रैमास ६७.४९ |
| सिनर्जी पावर |
गत वर्ष १०.५२ |
पहिलो त्रैमास १२.८७ |
पहिलो त्रैमास ११७ |
| साइन रेसुङ्गा डेभलपमेन्ट बैंक |
११ |
१६ |
१४६ |
| स्वेत गंगा हाइड्रो |
छैन |
६ |
७९ |
| कम्पनी | माघ २५ को मूल्य | ५२ हप्ताको उच्च मूल्य | ५२ हप्ताको न्यून मूल्य |
| मनकामना इन्जिनियरिङ हाइड्रो |
४५० |
६९६ |
३७२ |
| सानिमा मिडल तमोर |
४४८ |
५९६ |
४३७ |
| मेन्छिम हाइड्रो |
४४४ |
७१४ |
४१२ |
| आइएमई लाइफ |
४४१ |
५३० |
४०५ |
| जानकी फाइनान्स |
४४० |
६२५ |
३९५ |
| आइजिआई प्रुडेन्सियन इन्स्योरेन्स |
४३९ |
६६४ |
३९२ |
| सूर्य ज्योति लाइफ |
४३८ |
५०४ |
३९० |
| नेपाल रिपब्लिक मिडिया |
४३३ |
६४५ |
३९० |
| सोनापुर मिनिरल्स |
४३३ |
५४५ |
३९८ |
| इस्टर्न हाइड्रो |
४३० |
९३७ |
३८५ |
| ङादी ग्रुप |
४२७ |
४६५ |
२५४ |
| घोराही सिमेन्ट्स |
४२२ |
६१३ |
४०० |
| रिभर फल्स पावर |
४१५ |
९५० |
३०६ |
| सांग्रिला डेभलपमेन्ट |
४१५ |
५२६ |
३७६ |
| नेपाल एसबिआई बैंक |
४१२ |
४५२ |
३६३ |
| न्यादी हाइड्रो |
४०९ |
८८० |
३५४ |
| सिनर्जी पावर |
४०८ |
४६५ |
३०८ |
| साइन रेसुंगा डेभलपमेन्ट बैंक |
४०५ |
४९९ |
३८२ |
| स्वेत गंगा हाइड्रो |
४०५ |
६३० |
२९६ |

