फेरि तीन लाख माथि उक्लियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?


नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।  बिहीबार प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा नौ हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँ पुगेको छ।  शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित मिति : २०८२ माघ २६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार