बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि


२२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ ।

९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार गराइरहेका उनको त्यही निधन भएको थियो ।

अन्त्येष्टिमा प्रलोपाका नेता-कार्यकर्ताहरु सहभागी भएका थिए । अन्य राजनीतिक दलका उच्च तहका नेताहरु भने सहभागी भएका थिएनन् ।


प्रकाशित मिति : २०८२ माघ २३, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार