राष्ट्रिय सभा सदस्य नारायणकाजीले दिए राजीनामा


संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उनले आज राजीनामा दिएका हुन् ।

राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ ।

श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए । उनले २०७४ गोरखामा चुनाव लडेका थिए । त्यसपछि उनी २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार भए र जिते । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी २० फागुनमा सकिंदै थियो । एक महिना अगाडि राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन लागेका हुन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सी उम्मेदवारी दर्ताको समय छ । त्यसको दुई दिन अगाडि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।


प्रकाशित मिति : २०८२ माघ ५, आईतवार गते

धेरै पढिएको

ताजा समाचार