मार्टिनेलीको गोलसहित आर्सनलले क्लब ब्रुगमा सहज जीत हात पार्यो


आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ।

आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ।

आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे ।

तेस्रो गोल ग्याब्रियल मार्टिनेलीले ५६ औं मिनेट गरे।यसअघि नै नकआउट चरणमा पुगिसकेको आर्सेनलको १८ अंक छ।


प्रकाशित मिति : २०८२ मंसिर २६, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार