‘अभिमन्यु : च्याप्टर १’ दोस्रो सातामा प्रवेश, प्रदर्शनमा दर्शकको सकारात्मक प्रतिक्रिया


 फिल्म ‘अभिमन्यु : च्याप्टर १’ घरेलु बजारमा आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ ।  फिल्मले पहिलो साता ठिकठिकै व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

फिल्मले अहिलेसम्म कति व्यवसाय गर्‍यो भनेर सार्वजनिक गरिएको छैन । चलचित्र विकास बोडले यसको बक्सअफिस रिपोट सार्वजनिक गर्न बाँकी रहेको छ ।

दोस्रो सातामा भने फिल्मले धेरै शो पाएको छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेकोको निर्माता बिनोद पौडेल बताउँछन् । फिल्मले पब्लिक रिभ्यू र समीक्षक राम्रो पाएको छ । निर्माणपक्षले रिभ्यु राम्रो आउँदा र फिल्म राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षा अनुसार शो नहुनु र धेरै दर्शक नहुनुले फिल्म निर्माणमा चुनौती बढ्दै निर्माता पौडेलको धारणा छ ।

सुशान्त गौतम निर्देशित फिल्म मुकेश खनालले लेखेका हुन् ।  फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिका छ ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।


प्रकाशित मिति : २०८२ मंसिर २६, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार