नेपाली क्रिकेटमा पहिलोपटक फ्लडलाइटमूनि खेल: एनपीएल दोस्रो संस्करण आजबाट सुरु


नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमूनी खेल, अनी खेल हेर्न दर्शकका लागि प्यारापिटको व्यवस्था । धेरैको सपना थियो यो तर अब भने त्यो सपना बिपना बन्दैछ ।

क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे-नाइट म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेल हेर्नेछन् । हो नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज देखि सुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ ।

त्यसको साक्षी बस्नका लागि खेलाडी, क्यान पदाधिकारी क्रिकेट समर्थक र सारा नेपाली तयार छ । पहिलो संस्करणको एनपीएल दिउँसो मात्र भएको थियो चने दोस्रो संस्करणमा ३२ मध्ये २३ खेल डे-नाइट म्याच हुनेछ र त्यसमा फ्लडलाइट बालिनेछ ।

आइतबारै मात्रै फ्लडलाइट र प्यारापिट क्यानलाई हस्तानतरण गरिएको छ । अब साविक विजेता जनकपुर बोल्ट्सले त्यही फ्लडलाइटमूनि सोमबार काठमान्डु गोर्खाजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

एनपीएलमा यसपटक पनि ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । कस्ता छन् ती ८ टिम ? संक्षिप्तमा चर्चा गर्नेछौं ।

जनकपुर बोल्ट्स

पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको जनकपुरले पहिलो सिजन सुदुरपश्चिम रोयल्सलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो । दोस्रो सिजन जनकपुरको एक मात्र लक्ष्य उक्त उपाधि रक्षा गर्ने नै छ ।

जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको छ । तर उसको लक्ष्य उही छ फेरि पनि एनपीएल ट्रफी जित्ने । त्यसैका लागि जनकपुरले तयारी तीव्र पारेको छ ।

जनकपुरले दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा वेष्ट इन्डिजका शिवनराइन चन्द्रपललाई अनुबन्ध गरेको छ । यस्तै पहिलो सिजन च्याम्पियन बनेको टिमबाट कोर ग्रुपलाई निरन्तरता दिएको छ ।

जनकपुरको टिममा पहिलो सिजन खेलेको टिमबाट ९ खेलाडी दोस्रो सिजन पनि टिममै छन् । जनकपुरले आसिफ शेख, कप्तान अनिल कुमार शाहसहित ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापालाई रिटेन गरेको थियो ।


प्रकाशित मिति : २०८२ मंसिर २, सोमबार गते

धेरै पढिएको

ताजा समाचार