राष्ट्रपति र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण


राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गर्नुभएको छ ।  सोमबार दिउँसो काठमाडौँ गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उहाँ छठ पूजामा सहभागी हुनुभएको हो ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभएको छ ।

राष्ट्रपति पौडेल गुह्येश्वरीमा पुग्नुहुँदा राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, काठमाडौं  महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ पूजा आयोजक समितिका  पदाधिकारीले स्वागत गर्नुभएको थियो ।


प्रकाशित मिति : २०८२ कार्तिक ११, सोमबार गते

धेरै पढिएको

ताजा समाचार