एकैदिन तोलामा १४ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?


नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रकाशित मिति : २०८२ बैशाख १५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार