नेपालले टस जित्यो, राजमतीको डेब्यु


महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ ।

कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् ।

यस खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीले मौका पाएकी छिन् । राजमतीको राष्ट्रिय महिला टोलीबाट यो डेब्यु खेल हो ।

सिरिजमा यसअघि खेलेका सबै खेल हारेको नेपाल सान्त्वना जित हात पार्ने लक्ष्यमा रहेको छ । थाइल्याण्ड नेपाललाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा छ । नेपालले थाइल्याण्डलाई फराकिलो रुपमा पराजित गरेमा नेदरल्याण्ड्सको उपाधि सम्भावना कायमै रहनेछ ।

थाइल्याण्ड नेपालसँग कम अन्तरले पराजित भएमा पनि च्याम्पियन बन्ने छ ।

नेपालको प्लेइङ-११

इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, अलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी


प्रकाशित मिति : २०८१ माघ २५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार