लोकप्रिय गायक पशुपति शर्मा र इब्सल संज्यालको स्वरमा सजिएको नयाँ नेपाली लोक दोहोरी गीत “साईली” सार्वजनिक भएको छ। कृष्ण मल्ल ठकुरीको शब्द र प्रदीप अधिकारीको संगीतमा तयार गरिएको यस गीतले नेपाली संस्कृति र मौलिकतालाई उजागर गर्दै संगीतप्रेमीहरूको मन जित्ने विश्वास गरिएको छ।

गीतलाई मदन केसीले एरेन्ज गरेका हुन् भने एचबीएन किस्मतले मिक्सिङ र मास्टरिङ गरेका छन्। 1Db HD स्टुडियोमा राज खड्काले रेकर्ड गरेका यस गीतको अडियो र भिडियो प्रोडक्सन इब्सल संज्याल अफिसियलले सम्हालेको छ।

गीतको भिडियोमा जीवन कुमार ज्ञवाली, लक्ष्मी सुनार र गौरव शाही ठकुरीको अभिनय देख्न सकिन्छ। खगेन्द्र न्यौपानेको निर्देशनमा तयार गरिएको यस भिडियोमा कोरियोग्राफी जीवन कुमार ज्ञवालीले गरेका छन्। छायांकन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन र रंग संयोजन दिपक भिष्टाले सम्हालेका छन्। सरोज पाण्डेको मेकअप र सिके नेपालको पोस्ट प्रोडक्सनमा तयार यो भिडियो इब्सल संज्यालको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।

