म सधैँभरि तिमीसँग किन हुनुपर्यो?
सधैँ त सधैँसँग सधैँभरि छैन
म सबैतिर तिमीसँग किन हुनुपर्यो?
सबै त सबैसँग सबैतिर छैन
तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ
दुबैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ
अहिले प्रासङ्गिक छ, अहिले अँगाल्नु ठीक छ
यो अङ्गालोमा संगालुम् जे अहिलेको नजिक छ
तिमी र मबीच जे छ क्षणिक छ तर ठीक छ
संसारमा अरू के छ जो एक क्षणभन्दा बढी टिक्छ?
तिमी र म कैले कहाँ कस्को हुन्छौ किन सोच्छौ
तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ
तिमी र मबीच जे छ, क्षणिक छ, तर ठीक छ
संसारमा अरू के छ जो एक क्षणभन्दा बढी टिक्छ?
‘मलाई ठीक हुन्छ’ हैन ‘ठीक छ’, क्षणिक छ तर ठीक छ
संसारमा अरू के छ जो एक क्षण भन्दा बढी टिक्छ?
‘मलाई ठीक हुन्छ’ हैन ‘ठीक छ’, क्षणिक छ
तर ठीक छ संसारमा अरू के छ जो एक क्षण भन्दा बढी टिक्छ?
हिजोको पछुतोबाट आफूलाई कसरी बचाउन सकिन्छ? भोलिको डरबाट आफुलाई कसरी बचाउन सकिन्छ?
यीनै कुरालाई समेटेर नवराज पराजुलीले उनको नयाँ भिडिओ ‘ठीक छ’ सार्वजनिक गरेका छन्। मानसिक स्वास्थ्यलाइ बलियो राख्न बर्तमानमा बाच्नु कति महत्वपुर्ण छ भन्ने कुरा यस रचनाको केन्द्र छ।
भिडिओलाइ ब्रिज इन्टरनेशनल एडुकेशन कन्सल्टेन्सीले प्रस्तुत गरेको यस भिडिओलाई सुशिल खनालले खिचेका हुन्।
यस रचनामा संगीत संयोजन गायक तथा संगीतकार उज्ज्वल सागरले गरेका छन्।