तानसेनको दसैँघरमा फूलपाती भित्र्याइयो


पाल्पा । पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दसैँघरमा बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको छ ।  तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुईसय वर्ष १५ वर्ष अघि स्थापना गरेको दसैँघरमा परम्परा धान्दै बडादसैँको फूलपाती भित्र्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दसैँघरमा रहेको कोतघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ ।

कोतघरमा दैनिक पूजाआजा गरिन्छ । प्रमुख जिल्ला अधिकारी, नोपली सेना, प्रहरी, सशस्त्र र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दसैँघरबाट बाजागाजा सहित फूलपाती लिन नेपाली सेनाको दि फेमस महिन्द्र दल गण नागपोखरी ब्यारेक गएका थिए । सैनिक र प्रहरीले सलामी दिएपछि दसैँघरमा पूजाआजासहित फूलपाती लिन गएका हुन् ।

सप्तमी तिथिको दिन दसैँको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्ती लगायतका पात तथा फलहरूलाई पूजी दुर्गापूजा गरेको स्थानमा भित्र्याउन प्रचलन छ ।


प्रकाशित मिति : २०८१ आश्विन २४, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार