युएईमा जारी टि ट्वान्टी महिला विश्वकपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बुधवार राति भएको खेलमा श्रीलंकालाई ८२ रनको हराएको हो ।
१ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा अल आउट हुँदै ९० रनमा समेटियो । श्रीलंकाका लागि कबिशा दिलहारिले २१ तथा अनुष्का सन्जिबनीले २० रन बनाइन् ।
भारतका लागि अरुनधती रेड्डी र आशा सोबानाले समान ३ तथा रेनुका सिंहले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कप्तान हरमनप्रित कौरले २७ बलमा नट आउट ५२ तथा स्मुती मन्धनाले ३८ बलमा ५० रन बनाइन् । ओपनर शेफली बर्माले ४० बलमा ४३, जेमिमा रोड्रिगेजले १६ तथा रिचा घोषले ६ बलमा नट आउट ६ रन बनाइन् ।
श्रीलंकाका लागि चमारि अथापाथ्थु र आमा कन्चनाले समान १ विकेट लिइन् ।
पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको भारत त्यसपछि लगातार २ जितका साथ समूह ‘ए’ को दोस्रो स्थानमा छ । लगातार तेस्रो हारपछि श्रीलंका भने एक खेल अगावै समूह चरणबाट बाहिरिएको छ ।