बर्दियाका गौरव हमालको, कर्पोरट यात्रा


आशिष लामिछाने , रौतहट, अशोज १३:   गौरब, कर्पोरट यात्रानेपालको पश्चिम तराई बर्दियामा एक सामान्य किसान परिवारमा जन्मिएका गौरव हमालको बाल्यकाल भने नेपालगञ्जमा वित्यो । हमाल किसान परिवारको खेती गर्ने जग्गा जमिन बर्दियामा भएपनि बसोबास र सुविधाका लागि नेपालगञ्जमा पनि घर छ । त्यही नेपालगञ्जको घरमा संयुक्त परिवारमा हुर्किएका गौरवले ठूलो परिवारको अनुभव लिन पाए, परिवारकै सबैभन्दा कान्छो सदश्यको रुपमा मायाँ र हेरचाहमा हुर्किए । बाल्यकाल उनको निक्कै रमाईलो थियो । सानै देखी परिवारीक बोण्डिङ्को महत्व बुझेका गौरब अहिले प्रोफेसनल लाईफमा समेत धेरै भन्दा धेरैजनासँग सहजै घुलमिल हुनेमात्र होईन दिगो र प्रगाढ सम्बन्ध बनाईराख्छन् ।


कक्षा दश सम्म नेपालगञ्जको नारायण माध्यामिक विद्यालय बाट अध्ययन गरेका गौरब थप उच्च अध्ययनका लागि भारत पुगे । इलाहावादको बाट कक्षा राम जानकी हाईअर सेकेण्डरी स्कुल बाट कक्षा १२ सकेर स्नातक तह भने डिएसवी क्याम्पस नैनितालबाट पुरा गरेका गौरव एमविए गर्नका लागि आईआर्एएमएस दिल्ली पुगेका थिए ।
मास्टर्स सकेपछी मात्र उनको प्रोफेसनल करीअर शुरु हुन्छ । क्याम्पस प्लेसमेन्टका रुपमा दिल्लीमा आईविएम कम्प्युटरमा दिल्लीमै इन्टर्नसिप पाए । उनले छ महिना आईविएममा इन्टर्नसिप गरेर नेपाल फर्किए । नेपाल फर्किएर उनको पहिलो कार्यथलो चौधरी ग्रुपनै बनेको थियो । उनले ईलेक्ट्रोनिक्स डिभिजनबाटै आफ्नो करिअर शुरु गरेका थिए । उनी सम्झिन्छन्, “हामी सँग एलजी थियो । टेलिभिजन मुख्य ब्यापार थियो । ब्यपार निक्कै सानो थियो ।“ प्रसंग २००३ को हो । चिनियाँ ईलेक्ट्रोनिक्स ब्राण्ड नेपालमा भित्रिन थालिसकेका थिए । सस्ता चाईनिज ब्राण्ड सँग प्रतिस्पर्धा गर्ने ग्रुपको दिर्धकालिन रणनीति अनुसार होम ग्रोन ब्राण्ड बनाउने योजनाका साथमा डिभिडि प्लेयर का तिन मोडल लिएर सिजी नेपाली बजारमा त्यहीबेला लन्च गरिएको थियो ।चौधरी ग्रुपमा करिव ५ वर्ष काम गरेपछी उनलाई अलिक करिअर स्विच गर्न मनलाग्यो । ब्राण्डिङ् एण्ड एड्भरटाईजिङ्लाई थप नजिकबाट बुझ्न चाहना उनमा थियो । त्यसैले तत्कालिन अवस्थाको सबैभन्दा ठूलो एड्भरटाईजिङ् एजेन्सी जेडब्ल्यु थम्पसनमा उनी ज्वाईन गरे । जेडब्ल्यु थम्पसनले उनलाई क्रिएटिभ वल्र्ड प्रति साक्षात्कार गरायो, एड्भरटाईजिङ् र मिडियाको थप महत्व बुझायो । ६ बर्ष उनी त्यहाँ काम गरेपछी पुन कर्पोरेट वल्र्ड मै फकिए । एकातर्फ एड्भरटाईजिङ् एजेन्सिमा ठूलो करिअर ग्रोथ देखेनन् भने अर्कातर्फ मार्केटिङ्को एउटा मात्र पाटो एड्भरटाईजिङ् भएकाले यसमा उनी सिमित रहन चाहेनन् । उनले यसपछी मोर∙ अटोवर्कस्को मोटरसाईकल डिभिजनमा काम गरे, त्यसैबेला हो यामाहाको रे स्कुटरको नयाँ क्याम्पेन लन्च गरियो । स्कुटर केटीका लागि मात्र होईन यो केटाले पनि चलाउन मिल्ने सवारी साधन हो भन्ने मान्यता स्थापित गर्न यो क्याम्पेनले लिड गरेको थियो । यसपछी उनले पुनः केहि समय लिक्वर कम्पनीमा पनि काम गरे । विजय माल्याको नेपाल सब्सिडियरी, युईनाईटेड ब्रुअरी ।

जहाँ रहँदा उनले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कन्सर्ट आयोजना गरियो, युईनाईटेडको ब्राण्ड म्याक ड्व्लेस् स्पोनसर बनेर । न त यो कन्र्सट भन्दा पहिला त्यती ठूलो स्केलमा कन्सर्ट आयोजना भएको थियो न त्यसपछी नै त्यती ठूलो कलाकारको साथमा अर्को कन्सर्ट भएको छ । यहाँ पनि उनले नयाँ रेकर्ड कायम गरे भन्दा फरक पर्दैन । फरक फरक ईण्डष्ट्रिका फरक फरक उत्पादनमा काम गर्ने गौरबको चाहना थियो । विजय माल्या आर्थिक संकटमा परेको प्रभाव नेपाल आईपुग्यो, काम गर्ने वातावरण विस्तारै विग्रँदै गएपछी उनी युईनाईटेड छोडेर पुनः चौधरी ग्रुप फर्र्किए । सन् २००३ मा मार्केटिङ् असिस्टेन्सको रुपमा चौधरी ग्रुपमा पहिलो जागिरे जीवन शुरुगरेका गौरबले एसिस्टेन्ट म्यानेजरको पोजिसनमा रहँदा सन् २००९ चौधरी ग्रुप छोडेका थिए भने उनी सन् २०२० मा पुनः चौधरी ग्रुपमा आबद्ध भई हाल उनी जिएमको रुपमा चौधरी ग्रुपको कर्पोरेट मार्केटिङ् तथा इलेक्ट्रोनिक्स डिभिजन सम्हालीरहेका छन् । चौधरी ग्रुप अन्तर्गतका १२ वटा ईलेक्ट्रोनिक्स् ब्राण्डको ब्राण्डिङ् एण्ड मार्केटिङ्को प्रतक्ष्य नेतृत्व गरिरहेका छन् ।

२० बर्ष लामो आफ्नो प्रोफेसनल करिअरमा अहिले उनी लर्निङ् प्रोसेसको साईकलबाट आफ्नो अनुभवबाट अरुलाई सिकाउने चरणमा प्रवेश गरेको देखिन्छ । टिम बिल्डिङ्मा उनले लिएको एप्रोच, डिसिजन इम्पारवरमेन्ट होस् या अधिकारलाई गरिएको विकेन्द्रिकरण होस् उनी आफू भन्दा यूवा जनशक्तीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिन्छन् । उनी समयले भ्याएसम्म कलेज पढाईरहेका पनि छन् । आफूले सिकेको कुरा अरुलाई सिकाउन पाउँदा उनलाई नयाँ पुस्ताका लागि केही गर्न सकेको अनुभूती हुन्छ । साथै नयाँ पुस्ता सँग अन्र्तक्रिया र प्रतक्ष्य सम्पर्कबाट आफू पनि समसायमीक विषय र नयाँ पुस्ताको सोच प्रति नजिक रहने विश्वास राख्छन् ।

ब्राण्डिङ् प्रतिको मोह
स्कुले बेलैमा कमीकस् पढ्दा देखि नै त्यस भित्रका स्टोरीहरुमा देखाईने शहरका विलबोर्ड अब्जरर्भ गरेर किन त्यहाँ राखेको होला भनेर सोच्ने गौरव पछी अलि ठूलो भएपछी टेलिभिजन र रेडियोमा आउने विज्ञापन प्रति ध्यान दिन थाले । पढाईका क्रममा त उनको चासो र पढाई दुबै मार्केर्टिङ्मै सोझियो । इन्टर्नसिप कम्प्युटर कम्पनीमा पाए अनि पहिलो जागिर ईलेक्ट्रोनिक्स् ब्राण्डमा उनलाई पुरा संयन्त्र नै ब्राण्डिङ् एण्ड क्रिएटिभिटीमा मोटिभेट गर्न लागि परेको देखिन्छ । कुनै पनि कमर्सियल देख्दा वा हेर्दा त्यो कसरी बनाईयो होला, किन ति शब्द, लाईन र मोडल छानियो होला, त्यसले उपभोक्तालाई कसरी र किन आकर्षित गर्दोहोला जस्तो कौतुहलताले उनमा ब्राण्डिङ् एण्ड मार्केटिङ् प्रति आकर्षित गरेको हो ।

विवाह
गौरवले पढाई सकेर ब्यावसायिक जीवनमा प्रवेश गरिसकेपछी विवाह गरेका हुन् । यो एक पारिवारीक एरेन्ज म्यारीज थियो । १५ बर्ष अगाडि अपेक्षा सँग विवाह गरेका गौरवका एक छोरा र एक छोरी छन् । १३ बर्षे छोरा ओजस, मिल्सवेरी स्कुलमा कक्षा ८ मा पढ्छन् भने छोरी गौरवाङ्गी मिल्सवेरीमै किण्डरगार्डेनमा भर्खरै जानथालेकी छिन् । ब्यावासायिक जीवनमा राम्रो परफरमेन्स दिएका गौरव विवाह गरेपछी जीवनमा पूर्णता पाएको बताउँछन् । उनी भन्छन्, “विवाह पछी नै मेरो करिअर ग्रोथ र पर्सनल ग्रोथ दुवै जोडतोडले अगाडि बढेको हो ।“

जीवनका अविस्मरणीय क्षण
गौरव जीवनमा धेरै पटक ठूला साना दुर्घटनाको नजिक पुगेका छन्, अहिले ति क्षणको याद आउँदा झसंग हुनेगर्छन् ।
उनी कलेजको जीवन सर्बाधिक रमाईलो समयको रुपमा सम्झिन्छन् । कलेजको पढाईका प्रेसरका बाबजुत साथिभाई सँगको रमाईलो उनका जीवनका अविष्मरणीय पलहरु बनेर मानसपटलमा रहेका छन् । उनी भन्छन्, “म उत्तिसाह्रो पढन्ते विद्यार्थी पनि थिईन, पढाई र मस्ती उत्तिकै हुन्थ्यो । त्यो केयर फ्रि जीवन, सम्झँदा पनि खुशी र रमाईलो लाग्छ ।“
मेरो सबैभन्दा ठूलो दिदी मन्जु शाहलाई करिव ४ बर्ष आगडि क्यान्सर देखियो । समयमै वहाँलाई उपचारको लागि दिल्लीको राजिव गांन्धी क्यान्सर हस्पिटलमा उपचार गरायौं, हालै वहाँलाई डाक्टरले क्यान्सर फ्रि भनेर डिक्लेयर गरेको छ । यो हाम्रो परिवारको दुःख पछीको ठूलो खुशीको अवसर हो । शायद यो मेरो जीवनको अविस्मरणीय क्षण बनेर बाँकी जीन्दगीभर रहनेछ ।

फुर्सद
देशकै ठूलो कर्पोरेट हाउसको दर्जन भन्दा बढी ब्राण्डको प्रतक्ष्य जिम्बेवारी लिएर तथा ग्रुपकै कर्पोरेट मार्केटिङ्बाट फुर्सद पाउनु असम्भव मध्येको कुरा हो । तर, निरन्तर कामबाट मिलेको थोरै फुर्सदमा उनी धुम्न रमाउँछन् । नेपाल र भारतका अधिकांश ठाउँहरु घुमिसकेका गौरव बर्षमा एकचोटी फेमेली भ्याकेसनको प्लान गर्दै आएका छन् । थाईल्याण्ड, युएई, मलेशिया, सिंगापुर, श्रीलङ्का, इण्डेनेशिया र कोरीया घुमिसकेका गौरव अष्ट्रेलिया भ्रमणको तयारी गरिरहेका छन् ।
मुस्किलले पाईने फुर्सदलाई जसरी भएपनि परिवारको साथमा विताउने गौरव बच्चाहरु सँग घरैमा बसेर गेम खेल्न पनि रमाईलो मान्छन् ।

मनपर्ने ठाउँ
नेपालको पोखरा जति पल्ट पुगेपनि उनलाई चित्त बुझ्दैन तर जीवनको रमाईलो पल, कलेजको जीवन नैनितालमा विताएका गौरवलाई देशवाहीरको मनपर्ने ठाउँ चाहिँ नैनिताल हो ।


प्रकाशित मिति : २०८१ आश्विन १३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार