आशिष लामिछाने , रौतहट, अशोज १३: प्रिमियम नेचुरल,डायमण्डका लागि राशोभा ज्वेलरी ब्यावसाय पूर्णतया विश्वासका आधारमा चल्ने ब्यावसाय हो । नयाँ विक्रेता बजारमा आएर लगानी गर्दैमा ब्यावसाय चल्दैन । यसमा बर्षौंको डेडिकेसन र विश्वास चाहिन्छ । बुबाको यस ब्याबसायमा लामो समयको आवद्धता, बुबाको अनुभव र मार्गदर्शनले हामीलाई आज ब्यापार गर्न निक्कै सहज भएको छ । आजको पुस्ता खासगरी डायमण्ड किन्न आउने ग्राहकहरु निक्कै सचेत
छन् ।
सुलभ शरण केसी
निर्देशक, राशोभा डायमण्डस्

राशोभा कस्तो ब्राण्ड हो ?
नेपाली डायमण्ड बजारमा दोश्रो पुस्ताले संचालन गरिरहेको ब्राण्ड हो राशोभा । नेपालमा डायमण्डको ब्यापार शुरुहुँदाका शुरुवाती डायमण्ड ब्यापारी मध्ये एक मेरो बुबा पनि हुनुुहुन्छ । वहाँले भारतमा गएर डायमण्ड सर्टिङ् सिकेर नेपालमा डायमण्डको कारोबार शुरु गर्नुभएको थियो । तत्कालिन राजपरीवार तथा संभ्रान्त बर्गका लागि आवश्यक पर्ने डायमण्ड आपुर्ती गरेर वहाँले शुरु गर्नुभएको ब्यापार पछी युरोपसम्म फैल्याउनु भयो । डायमण्ड मात्र नभएर सिल्भर ह्याण्डिक्राफ्ट तथा सेमिप्रिसियस स्टोनको समेत कारोबार गर्नेगरी वहाँले युरोपका विभिन्न देशका २२ भन्दा बढी शहरहरुमा आफ्नो कारोबार फैलाउनु भयो भने नेदरल्याण्डस् र स्पेनमा त आफ्नै सोरुम समेत संचालन गर्नुभएको थियो ।
त्यही लिगेसी र अनुभवमा जन्मिएको डायमण्ड ज्वेलरी ब्राण्ड राशोभा आज मोर्डन मिनिमलिस्ट डिजाईनमा आधुनिक पुस्तालाई आकर्षित गर्न तयार भईरहेको छ । हिजो बुबाले डायमण्ड विक्री गर्दाका ग्राहकका छोरा छोरी आज राशोभाका ग्राहक हुन् । यसरी राशोभा ब्यापार र ग्राहक दुवै दोश्रो पुस्तामा स्थान्तरण हुँदै गएको मोे ब्राण्ड हो । राशोभा छिट्टै अन्तर्राष्ट्रिय ब्राण्ड बन्न अग्रसर भईरहेको छ । आजको डिजिटल युगमा डिजिटल प्रेजेन्स र अनलाईन स्टोरका माध्यमबाट हामी विश्व बजारमा राशोभाको पहुँच पु¥याउन क्रियाशिल भएका छौं । हामी अहिले त्यसको फाउण्डेसन निर्माणको क्रममा रहेका छौं ।
अर्कातर्फ राशोभाले डायमण्ड ज्वेलरीको थोक विक्री वितरण गर्दै आएको छ । देशभर छरिएर रहेका सुन चाँदी तथा डायमण्ड ज्वेलरीका पसलहरुलाई आवश्यक पर्ने आधुनिक डिजाईनका डायमण्ड ज्वेलरीको उत्पादन तथा विक्रीवितरण राशोभाले गर्दै आएको छ ।
नेपालमा डायमण्डको बजार र प्रतिस्पर्धा कस्तो छ ?
यो तिब्र रुपले बढ्दो क्रममा रहेको छ । आजको आधुनिक पुस्ताले डायमण्डलाई महत्व दिएको देखिन्छ । हिजोका दिनमा संभ्रान्त बर्गमा सिमित डायमण्डको उपयोग विस्तारै वर्किङ् क्लासले पनि किन्न शुरु गरेका छन् ।
ज्वेलरी ब्यावसाय पूर्णतया विश्वासका आधारमा चल्ने ब्यावसाय हो । नयाँ विक्रेता बजारमा आएर लगानी गर्दैमा ब्यावसाय चल्दैन । यसमा बर्षौंको डेडिकेसन र विश्वास चाहिन्छ । बुबाको यस ब्याबसायमा लामो समयको आवद्धता, बुबाको अनुभव र मार्गदर्शनले हामीलाई आज ब्यापार गर्न निक्कै सहज भएको छ । आजको पुस्ता खासगरी डायमण्ड किन्न आउने ग्राहकहरु निक्कै सचेत छन् । डायमण्डको गुणस्तर, यसको अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेको मूल्य, अनि कुन प्रकृतीको डायमण्ड चाहिएको हो आजको आधुनिक पुस्ता पहिल्यै रिसर्च गरेर आउने हुँदा खरिदका क्रममा धेरै क्लियर देखिन्छन्, उनीहरु जिज्ञासु पनि छन् र बुझ्ने चाहना पनि देखिन्छ । त्यसैले यो पुस्तासँग कारोबार गर्न झनै सजिलो छ, मात्र विक्रेता पारदर्शी हुनुपर्छ ।

यहाँहरुले ज्वेलरी मार्केट भन्दा टाढा सोरुम राख्नु भएको छ, अलिक अस्वाभाविक भएन र ?
मास मार्केटमा हाम्रै ज्वेलरी विक्री वितरण भईरहेका छन्, अरु विभिन्न सोरुमहरु मार्फत, हामी होलसेलमा आफ्ना ज्वेलरी विक्री वितरण गर्नेगर्छौं । जहाँसम्म राशोभा ब्राण्डको सन्दर्भ छ, हामी फरक अवधारणामा छौं । डायमण्ड एक प्रिमियम उत्पादन हो, यसको खरिदको अनुभव पनि प्रिमियम हुनुपर्छ भन्ने हाम्रो बुझाई हो । हामी राशोभाको सोरुम भन्दा पनि राशोभाको डायमण्ड ल्याब भन्न रुचाउँछौं । जहाँ डायमण्ड तथा ज्वेलरी ग्राहक आँफैले परिक्षण गरेर लैजान सक्नुहुनेछ । हामी हाम्रा ग्राहकलाई न्युरोडको भिडभाड माझ हतारमा ज्वेलरी खरिद गर्न होईन हाम्रो लाउन्जमा बसेर आफूले किन्न लागेको ज्वेलरीको डिजाईन, कन्सेप्ट त्यसको जेम भ्यालु र एक प्रिमियम एक्सपिरियन्ससँग साक्षात्कार गराउन प्रयत्नरत रहेका छौं । हामीसँग अनुभवी र प्रशिक्षित जेमोलोजिस्टको साहयतामा ज्वेलरी खरिद गर्दा आम उपभोक्ताले ज्वेलरी खरिदका क्रममा विशेष परामर्श र फरक अनुभती प्राप्त गर्नुहुनेछ ।
नेपाली ज्वेलरी ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा पुग्न कति संभव छ ?
संभव किन नहुनु, मेरै बुबाले दशकौं अगाडि नेपाली ज्वेलरी ब्राण्डलाई मल्टिनेशनल ब्राण्ड बनाईसक्नुभएको थियो । परिवारीक कारणले हामीले त्यसलाई निरन्तरता दिन सकेनौं । तत्कालिन अवस्थामा हामीलाई ब्राण्ड र आर्थिक लाभ भन्दा पनि परिवारको साथ अपरिहार्य बन्यो र बुबाले युरोपको ब्यापार घटाउनु भयो । यो उदाहरण हो, एकदम थोरै रिसोर्समा हाँसिल गरिएको अन्तर्राष्ट्रिय सफलताको । आज प्रविधीले विश्वलाई निक्कै साँधुरो बनाएको छ, प्रविधीको प्रयोग गरेर संसारको जुन कुनाबाट संसारको जुनसुकै स्थानमा पहुँच र ब्यापार गर्न सकिन्छ । नेपाल सांस्कृतीक विविधताले मात्र होईन हामीसँग कला, पूर्वी दर्शन, विज्ञान र जीवनका विभिन्न पुरातात्विक महत्वका बस्तु र विषय छन्, जसलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गरेर नेपाली ज्वेलरीको अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सकिनेमा शायदै कसैको फरक मत रहला ।
हामीले नेपालमा ज्वेलरी उत्पादनमा अपनाएको प्रविधी र फिनिसिङ् त्यसका लागि पर्याप्त छ र ?
छ, हामी अहिल्यै अत्याधुनिक उत्पादन प्रकृया अपनाएर ज्वेलरीको उत्पादन गरिरहेका छौं । विश्वका प्रिमियम डायमण्ड तथा जेम स्टोन आयात गरिरहेका छौं । नेपाली जेम स्टोन पनि विस्तारै एक्सप्लोर हुँदैछन् । नेपाली कालिगढहरुको कामको प्रसंसा पहिला पनि भएको थियो, कला र संस्कृतीमा हामी त्यसै विश्वमै अग्रस्थानमा आउन सकेको होईन । यि सबै आधारहरुका अलावा हामीले अहिल्यै पनि अन्तर्राष्ट्रिय बजारमा गरिरहेको निर्यातले पनि मेहनत गरेको खण्डमा हामी नेपाली ज्वेलरीलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सक्छौं भन्ने प्रमाणीत गर्छ ।
यस ब्यावसायको विकासमा राज्यको कस्तो भूमिकाको अपेक्षा गर्नुहुन्छ ?
विश्वबजारका लागि सुन एउटा कमोडिटी र लगानीका लागि भरपर्दो बस्तु भएपनि नेपालमा ज्यादै रेगुलेटेड छ । बैदेशीक मूद्रा खर्चिएर सुन आयात गर्दा देशको अर्थतन्त्रलाई भार नपरोस् भनेर कोटा निर्धारण र उच्च भन्सार महशुल कायम गरिएको छ । त्यसैले सुनको अवैध आयात ठूलो परिमाणमा हुँदै आएको त सर्वविदित्तै छ । यसलाई राज्यले ठोस नीति बनाएर सम्बोधन गर्न आवश्यक छ भने सुन तथा चाँदीको आयातमा लगाईने भन्सार दरले नेपालबाट ज्वेलरी निर्यातका लागि ठूलो ब्यावधान बनेको छ । यसले सुन जस्तो अमेरिकी डलर सँग रेसिपोकल रहने कच्चा पदार्थको लागत बढ्दा अन्तर्राष्ट्रिय बजारमा हाम्रो प्रतिस्पर्धी क्षमता कमजोर भएको छ । यसका लागि निर्यातका आधारमा प्रयोग भएको सुन चाँदीको परिणाम भन्सार छुटमा आयात गर्ने ब्यवस्था राज्यले गर्नसके नेपालबाट हुने ज्वेलरी निर्यातमा धेरै ठूलो सफलता हात पर्नेथियो । यसले देशको प्रबद्र्धन मात्र होईन ठूलो संख्यामा रोजगारीको श्रृजना पनि हुनेथियो ।ज्वेलरी र जेम स्टोनको अध्यन तथा अध्यापनका लागि राज्यका तर्फबाट ठोस योजनाको आवश्यकता रहेको छ । नेपालमा जिआइए जस्तै अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना अपरिहार्य रहेको छ । यसले कुनै पनि किसिमका जेमस्टोनमा जनचेतना अभिबृद्धि गर्नुका साथै नेपालमा खनिज उत्खनन्को संभाब्यतामा पनि सहयोग पुग्नेथियो ।

