आशिष लामिछाने , रौतहट, अशोज १३: कुनै सम्झौता हुदैन, समासङ नेपालको नम्बर एक ब्राण्ड हो । विक्री पश्चातको सेवामा पनि हामीलाई नम्बर बान नै हुनुपर्छ । त्यसमा कुनै छुट नै छैन । त्यसैले हामीले सेवामा सँधै नयाँ र इन्नोभेटिभ आईडिया लिएरै आएका छौं ।
राजन भट्टराई
डिजिएम, सामसङ नेपाल
सामसङ मोबाईलको विक्री पश्चातको सेवा कसरी ब्यवस्थापन गरिरहनुभएको छ ?
सामसङ मल्टिनेशनल ब्राण्ड हो, यसले दिने विक्री पश्चातको एउटा निश्चित मापदण्ड र आधार हुन्छ । जसका आधारमा हामीले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा र सुविधा प्रदान गर्नुपर्छ । नेपालमा पनि हामीले वल्र्ड क्लास सर्भिस सेन्टर संचालन गरिरहेका छौं । नेपालमा सामसङका दुवै विक्रेताले प्रतक्ष्य आफ्नै सर्भिस सेन्टर र देशैभरी थप फ्रेन्चाईज सर्भिस सेन्टर समेत संचालनमा ल्याएका छौं । सामसङ सर्भिस सेन्टर संचालनको एउटा स्टाण्डर्ड प्रोसिजर छ, हामी जसको अक्षरस पालना गर्छौं । टाईम लाईन र कस्टमर एक्सपिरियन्स यसका सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हुन् । हामी यसमा कुनै सम्झौता गर्दैनौं ।
यहाँहरु पृथक सेवामा कसरी अग्रसर हुनुभएको छ ?
समासङ नेपालको नम्बर एक ब्राण्ड हो । विक्री पश्चातको सेवामा पनि हामीलाई नम्बर बान नै हुनुपर्छ । त्यसमा कुनै छुट नै छैन । त्यसैले हामीले सेवामा सँधै नयाँ र इन्नोभेटिभ आईडिया लिएरै आएका छौं । मोबाईलमा ब्रेकेज इन्स्योरेन्सको शुरुवात हामीले गरेका हौं । आधिकारीक च्यानल बाट मोबाईलको एक्सचेन्ज शुरु ग¥यौं । हामीले फोल्ड सेरिजमा निःशुल्क स्क्रिन प्रोटेक्टर रिप्लेस ग¥यौं । हामीले नै पहिलो पटक सर्भिस सेन्टरको लागि विशेष कल सेन्टर स्थापना ग¥यौं । अनि, हामीले नै पहिलो पटक सर्भिसका लागि पिक एण्ड ड्रप सेवा संचालनमा ल्याएका छौं । हाम्रा सर्भिस सेन्टर फुल्लि इक्विप्ड मात्र होईन ग्राहकको सुविधाका लागि पनि विभिन्न सेवा सहित संचालनमा छन् । हामी कुनै पनि ग्राहकलाई दुई दिन भित्र सेवा प्रदान गरिसक्ने रणनीति अनुसार काम गर्छौं । यि सबै पक्षहरुले पक्कै पनि ग्राहकले हामीलाई अरु भन्दा फरक र अब्बल मान्नुभएको हुनुपर्छ ।
कुनै पनि मोबाईलको सेवामा स्पेयर्स पार्टस्को उपलब्धता महत्वपूर्ण हुन्छ, त्यसलाई कसरी ब्यवस्थापन गरिरहनु भएको छ ?
हामीले स्पेयर्स पार्टस्को आयात तथा ब्यवस्थापनका लागि मात्रै छुट्टै प्रणाली बनाएका छौं । स्पेयर्स पार्टस्को आयातकर्ता कम्पनीको पृष्ठभूमी कार्गो र वितरण सँग सम्बद्ध भएकाले हामीलाई यसमा थप सहजता मिलेको छ । स्पेयर्स पार्टस् आयातकर्ता कम्पनीले यथेष्ठ परिणाममा स्पेयर्स पार्टस्को स्टक राखेको हुन्छ र सर्भिस सेन्टरको आवश्यकता अनुसार त्यसलाई विभिन्न सर्भिस सेन्टरमा पु¥याईन्छ । सामसङका स्पेयर्स पार्टस् उत्पादन हुने मुलुक सँग प्रतक्ष्य हवाई सम्बन्ध नहुँदा अनि नेपालमा कार्गो फ्लाईट नहुँदा भने हामीले कतिपय पार्टस् सजिलै ल्याउन नसक्ने अवस्था पनि बन्ने गरेको छ । त्यस अवस्थामा हामीले भियतनाम बाट नेपाल सम्म रोडबाटै स्पेयर्स पार्टस् ल्याएको अनुभव पनि छ । अवस्था जुनसुकै होस् ग्राहकले सेवा चाहिं पाउनै पर्छ भन्ने हाम्रो मान्यता हो ।