सर्भिसमा सामसङ कसरी अरु भन्दा फरक छ?


आशिष लामिछाने , रौतहट, अशोज १३: सर्भिसमा सामसङ कसरी फरक छ? पहिलो एक हप्ता भित्र समासङका स्मार्टफोन तथा एक्सेसोरीज्मा कुनै पनि किसिमको समस्या आएको खण्डमा ग्राहकलाई नगद फिर्ता गर्ने वा नयाँ डिभाईस प्रदान गर्ने नीति लिएको सामसङले स्मार्टफोनमा पाँच बर्ष सम्म सपोर्टको बाचा गरेको छ ।

सामसङ नेपाली मोबाईल बजारको नम्बर एक ब्राण्ड हो । यो सफलता र गौरवको पछाडी सामसङले नेपाली बजार र नेपाली उपभोक्ता माझ आफूलाई स्थापित गराउन चालेका कदम, लिएको नीति र ब्राण्ड सचेतनाका लागि गरेको मिहेनत प्रमुख कारक मान्न सकिन्छ । धेरैले सामसङका गुणस्तरीय उत्पादन र यसले गरेका इन्नोभेसनको चर्चा पनि गर्छन् । तर, यि सबैभन्दा अलग, यि सबैभन्दा माथि रहने अर्को महत्वपूर्ण कारणको चर्चा खासै भएको पाईंदैन, त्यो हो विक्री पश्चातको सेवा । अर्थात सपोर्ट ।


प्रविधीको दुनियाँमा कुनै पनि वस्तु वा सेवाको विक्री भन्दा पनि महत्पूर्ण पक्ष त्यसको विक्री पश्चातको सेवालाई लिइन्छ । त्यसमा पनि मोबाईल त हार्डवेयर र सफ्वेयर दुवैको संयोजनबाट बन्ने आजको जमानाको शक्तिशाली र महत्वपूर्ण ग्याजेट हो । आम मानिसको जीवन र दैनिकीको महत्वपूर्ण हिस्सा बनेको मोबाईललाई अझ स्मार्ट, अझ सुरक्षित र अझ भरपर्दो बनाउन सामसङले निरन्तर प्रयास गर्दै आएको त सर्बविदित्तै छ । सामसङले दिने सफ्वेयर अपडेट, सेक्युरिटी अपडेट, डिभाईसमा दिईने वारेन्टी र आफ्ना ग्राहकलाई आवश्यक पर्ने विभिन्न खाले समस्यामा निरन्तर दिईने विक्री पश्चातको सेवा समेत यस प्रयासमा समेटीन्छन् । नेपाली बजारमा लामो समय देखि सामसङले निरन्तर नम्बर एक स्थान हाँसिल गरिरहेको छ । विश्व बजारका अन्य धेरै स्थानमा प्राप्त गर्न नसकिएको यो सफलता नेपालमा चाहिं कसरी संभव भयो धेरैका लागि कौतुहलताको विषय हुनसक्छ ।
यसमा सामसङले नेपाली बजारमा दिएको विक्री पश्चातको सेवा र यसबाट हाँसिल गरेको आम उपभोक्ताको विश्वास प्रमुख कारण मान्न सकिन्छ । सामसङ मोबाईलको विक्री पश्चातको सेवामा निरन्तर अग्रस्थानमा आउन सामसङ सर्भिस टिम आहोरात्र खटिंदै आएको छ । नेपाल भर फैलिएका सेवाकेन्द्र मार्फत आफ्ना ग्राहकलाई छिटो छरितो सेवा प्रदान गर्न सामसङले कुनै कसर बाँकी राख्ने गरेको छैन ।


पहिलो एक हप्ता भित्र समासङका स्मार्टफोन तथा एक्सेसोरीज्मा कुनै पनि किसिमको समस्या आएको खण्डमा ग्राहकलाई नगद फिर्ता गर्ने वा नयाँ डिभाईस प्रदान गर्ने नीति लिएको सामसङले स्मार्टफोनमा पाँच बर्ष सम्म सपोर्टको बाचा गरेको छ । आफूले बेचेका सबै स्मार्टफोनको स्पेयर्स पार्टस् माग भएपनि नभएपनि निरन्तर स्टक मेन्टेन गरेर ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध सामसङले पार्टस् उपलब्ध नभएको खण्डमा ग्राहकलाई रिप्लेसमेन्ट डिभाईस उपलब्ध गराउने सम्मको सेवा प्रदान गर्दै आएको छ ।
समासङका स्मार्टफोन सर्भिस सेन्टरमा छोड्नु परेमा फ्ल्यागसिप डिभाईसको हकमा सामसङले ग्राहकको प्रयोगका लागि अर्को लोन डिभाईस समेत उपलब्ध गराउँछ । काठमाडौं उपत्यका भित्रका ग्राहकले सर्भिस सेन्टर नै नगई घरमै बसीबसी आफ्ना स्मार्टफोनमा आएका समस्याको समाधान सामसङको सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । यसका लागि सामसङको कल सेन्टरमा फोन गरी आफ्नो समस्या दर्ता गराउनुपर्छ । त्यसपछी सामसुङका प्रतिनिधी घरैमा आएर ग्राहकको डिभाईस रिसिभ गर्नेछन् र समस्या समाधान भईसकेपछी पुनः घरैमा आएर फिर्ता गर्नेछन् । यो पूर्ण सेवाको साईकल ४ कार्य दिनमा पुरा गरिनेछ । यो र यस्तै उत्कृष्ठ विक्री पश्चातको सेवाका कारण सामसङ सदैब नेपाली बजारमा नम्बर एक रहन सफल भएकोमा शायदै कसैको फरक मत रहला ।


प्रकाशित मिति : २०८१ आश्विन १३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार