तेश्रो नम्बरमा उक्लने लक्ष्य छ, विक्रीका साथै विक्री पश्चातको सेवामा टेक्नो अग्रस्थानमा रहेको छ


आशिष लामिछाने , रौतहट, अशोज १३:  तेश्रो नम्बरमा उक्लने लक्ष्य छ, विक्रीका साथै विक्री पश्चातको सेवामा टेक्नो अग्रस्थानमा रहेको छ । हाल टेक्नोका नेपालभर ५० भन्दा बढी
सर्भिस सेन्टरहरु संचालनमा रहेका छन् । जसको संख्या अझै बढ्ने क्रममा रहेका छन् ।

कुशल राज गौतम
बजार प्रबन्धक, माहालक्ष्मी मोबाईल्स् प्रा. लि.

स्मार्टफोन बजारको पछिल्लो अवस्था कस्तो देखिरहनु भएको छ ?
स्मार्टफोन विनाको जीवन धेरै अवस्थामा कल्पना गर्नै नसकिने भईसकेको छ । स्मार्टफोन आज संचार वा मनोरञ्जनको मात्र होईन अर्थतन्त्रको आधार समेत बनिसकेको छ । ब्यापार, ब्यावसाय, पढाई, आर्थिक कारोबार लगायतका कार्य सम्पादनमा स्मार्टफोन अपरिहार्य बनिसकेको छ । त्यसैले पनि होला स्मार्टफोनको माग दिनप्रतिदिन बढ्दो क्रममा छ । स्मार्टफोन सोसियो इकोनोमीको आधार बनिसकेको छ । पढ्न गएका छोराछोरी हुन् या बैदेशिक रोजगारीमा गएका बाबुआमा हुन् आफ्ना परिवारजन सँग भिडियो कलिङ् गर्न, तस्विर आदान प्रदान गर्न जस्ता जनजीवनसँग प्रतक्ष्य सरोकार राख्ने तहको महत्व स्मार्टफोनले बोकेको छ । त्यसैले पनि हो, आज विस्तारै गाउँ गाउँमा समेत फिचर फोनको स्थान स्मार्ट फोनले लिंदै गएको पाईन्छ । यससँगै बजार पनि निक्कै प्रतिस्पर्धात्मक बनेको छ । स्मार्टफोनका एक दर्जन ब्राण्ड नेपाली बजारमा सक्रिय छन् । बजार भोल्युममा आधारीत छ । निक्कै न्यून मार्जिनका बाबजुत प्रतिस्पर्धामा खरो उत्रिन सजिलो भने पक्कै छैन ।

TECNO Mobile Logo Vector - (.SVG + .PNG) - GetLogoVector.Com

ब्राण्ड प्रोमोसनमा यहाँहरु कसरी अगाडिबढीरहनु भएको छ ?
हामीसँग अहिले दुईवटा मोबाईल ब्राण्ड छन् । टेक्नो र आईटेल । टेक्नो अहिले नेपाली बजारको चौथो ठूलो ब्राण्ड हो । आईटेल चाहिँ फिचर फोन बाट भर्खरै स्मार्टफोन तर्फ उन्मुख उदाउँदो ब्राण्ड हो । दुवै ब्राण्डका आफ्नै लक्षित बर्ग छन्, आफ्नै विशेषता छन् । पछिल्ला बर्षहरुमा ब्राण्डिङ र प्रोमोसनका नयाँ टुल्सहरु आएका छन् । डिजिटल स्पेसको महत्व बढेको छ । तर, हाम्रा कतिपय मोडलहरु गाउँ र विकट पाहाडी जिल्लाहरुमा समेत विक्री वितरण हुने भएकाले डिजिटल माध्यममा मात्र भरपर्न सकिने अवस्था भने छैन । हामी प्रबद्र्धनका सबै उपायहरु आवलम्बन गरेरै अगाडि बढीरहेका छौं ।
ब्राण्ड सचेतना ज्यादै जरुरी छ । ब्राण्डको महत्व र प्रोडक्टको गुणस्तरका बारेमा समेत हामीले उपभोक्तालाई सूसुचित गराउन आवश्यक छ । त्यसैले हामी प्रबद्र्धनका सबै टुल्सहरु प्रयोग गरेर अगाडि बढीरहेका छौं ।

पछिल्लो समयमा बजारमा देखिएको प्राईस वारलाई कसरी लिनुहुन्छ ?
मिडरेन्ज सम्मका स्मार्टफोनमा सबै ब्राण्डले निक्कै एग्रेसिभ प्राईसिङ् गर्दै आएका छन् । यो सेग्मेन्टका ग्राहक निक्कै प्राईस सेन्सिटिभ हुने भएकाले शुरुमै निक्कै एग्रेसिभ प्राईसमा प्रोडक्ट लन्च गरिन्छ । यहाँ थप प्राईस ड्रपको गुञ्जायस लगभग हुँदैन । तर, मिडरेन्ज र सो भन्दा माथिका स्मार्ट फोन भने फिचर सेन्ट्रिक हुन्छन् । यसमा उपभोक्ता त्यती साह्रो प्राईस सेन्सिटिभ हुँदैनन् । फिचर र डिजाईनले यो सेग्मेन्टलाई ड्राईभ गर्छ । गएको केही समय नेपाल र विश्व बजारका लागि पनि आर्थिक रुपमा त्यती राम्रो थिएन । त्यसैले यो सेग्मेन्टका स्मार्टफोनहरुको विक्रीको परिमाण उत्साहजनक नहुँदा बजारमा दवाव परेको हो । नयाँ मोडल र टेक्नोलोजि आउने बेला हुँदै गएको र फेस्टिभल सिजन शुरु हुनै लागेका छ । भएको स्टक खाली गर्नुपर्ने बाध्यताले गर्दा पनि अहिले आएर मूल्यमा ठूलो दबाब देखिएको हो । हामीले भने त्यो दबाब खासै झेल्नुपरेको छैन । हामी बजारमा अहिले देखिएको प्राईस वारमा छैनौं । कतिपय ब्राण्डले आफ्ना उत्पादनमा अहिले घाटै खाएर पनि स्टक क्लियरेन्समा लागेको देखिन्छ ।

टेक्नो किन अरुभन्दा फरक छ ?
टेक्नो आकर्षक डिजाईन, उत्कृष्ठ फिचर र प्रतिस्पर्धी मूल्यको स्मार्टफोन हो । हामी अहिले नेपाली बजारमा चौथो ठूलो ब्राण्डको रुपमा रहेका छौं र सन् २०२४ को अन्त्य सम्म तेश्रो नम्बरमा उक्लने लक्ष्यका साथ अगाडि बढीरहेका छौं । यसमा गुणस्तरीय उत्पादन, बजारमा सहज उपलब्धता, मूल्यमा प्रतिस्पर्धी हुनुका साथै ब्राण्डको प्रबद्र्धनमा कुनै कसर बाँकी राख्नेछैनौं । हामी शहरमा भन्दा ग्रामीण उपभोक्ता माझ बढी लोकप्रिय रहेका छौं । टेक्नोमा नेपालमा उपलब्ध नेटवर्कको ब्याण्ड र गुणस्तर अनुसारको नेटवर्क रिसेप्सन क्षमता र ब्याण्डको उपयोगले टेक्नो प्रति आम नेपाली उपभोक्ता त्यसमा पनि नेटवर्कको गुणस्तर राम्रो नभएका दुर्गम उपभोक्ता माझ टेक्नो प्रति बलियो विश्वास रहेको हामीले पाएका छौं ।
विक्रीका साथै विक्री पश्चातको सेवामा टेक्नो अग्रस्थानमा रहेको छ । हाल टेक्नोका नेपालभर ५० भन्दा बढी सर्भिस सेन्टरहरु संचालनमा रहेका छन् । जसको संख्या अझै बढ्ने क्रममा रहेको छ । जसबाट आफ्नो फोनमा कुनैपनि समस्या आएको खण्डमा ग्राहकले आफ्नै लोकेसनमा तुरुन्तै सेवा प्राप्त गर्ने अवस्था बनेको छ ।
हामीले टेक्नो र आईटेल दुवै ब्राण्डमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी दिएका छौं भने १२ प्लस १ महिनाको वारेन्टी प्रदान गरेका छौं । हामी ग्राहक सेवामा विश्वास गर्छौं र ग्राहकलाई सकेसम्मको सुविधा र सहुलियत प्रदान गर्दै आएका छौं । शायद कारण त्यही हुनुपर्छ नयाँ ब्राण्ड भएर पनि छोटो समयमै टेक्नोले नेपाली बजारमा राम्रो स्थान हाँसिल गर्न सफल भएको छ ।


प्रकाशित मिति : २०८१ आश्विन १३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार