आशिष लामिछाने , रौतहट, अशोज ११: नेपालको नम्बर १ ब्राण्ड एसुसको कथा। सूचना प्रविधी ब्यावसायमा आउने योजना बनाएर न त यो फर्मको स्थापना गरिएको थियो, न त योजनाबद्ध रुपमै यस ब्यावसायमा हात हालिएको थियो । कम्पनीका संस्थापक अमित सर्राफले स्नातक तहको पढाई सक्ने वित्तिकै श्रद्धेय दाई राजेशकाजी श्रेष्ठसँगको सहकार्यमा काठमाडौं प्लाजामा नेपाल इन्टरनेशनल विजनेस प्रा. लि. अन्तर्गत रहेर विभिन्न किसिमका खाद्यान्न सामाग्रिको आयात तथा विक्री वितरण गर्नेगरि काम शुरु गरेका थिए । जसमा प्याकेज्ड् फूड, क्याण्ड् फूड, कस्मेटीक, मेलामाईनका भाँडाकुँडा लगायतका सामाग्रीको आयात तथा विक्री वितरण गर्ने गरिन्थ्यो । राजेश दाईको छत्रछायाँमा रहेर अमितले जे जति ब्यापार सिके त्यसैका आधारमा उनी आज यहाँ सम्म आईपुगेको सगर्ब बयान गर्छन् । उनलाई ब्यावसायको शुरुवाती ती दिनहरुमा सबैकुरा थालमा पस्केर दिनुभएको अनुभूती गरेको बताउँदै उनी सम्झिन्छन्, “ब्यापार कसरी गर्ने मात्र होईन के गर्ने र नगर्ने पनि राजेश दाईले नै सिकाउनु भयो । म त भन्छु वहाँ मेरा लागि खुल्ला ह्याण्ड बुक बन्नु भयो, जसरी जहाँबाट पढेपनि हुने । वहाँ मेरो गुरु, अभिभावक र अग्रज बनेर मलाई ब्यापार गर्न सिकाउनु भयो । यसमा म आफूलाई निक्कै भाग्यमानी ठान्छु ।“
सँगसँगै यही समयमा उनले नागमणी इन्टरनेशनल पनि दर्ता गरे । यो फर्म दर्ता गर्नुको उद्देश्य ब्यापार गर्नु त थियो, तर कहिले बाट, के र कसरी ब्यापार गर्ने कुनै योजना थिएन । उनलाई जे मा चासो लाग्थ्यो, त्यसको रिसर्च गरिहाल्थे, अलिकता पनि संभावना देखे इमेल पठाईहाल्थे । यो क्रम लामै समय चल्यो । त्यही क्रममा लेनोभोले रिप्लाई ग¥यो, “हाम्रा प्रतिनिधी नेपाल आउँदैछन्, तिमिलाई भेट्नेछन् भनेर ।“ लेनोभोका प्रतिनिधी नेपाल आए अमितलाई भेटे अनि नागमणीले लेनोभोको डिलरसिप पायो । यो, योजनाबद्ध रुपमा कहीँ कतै थिएन । उनको कोशिस र जिज्ञासाले जुराएको अवस्था थियो । अनि पहिलो पटक २५ वटा ल्यापटपको अर्डर पठाएर सन् २००७ मा लेनोभोको आयात गरेर नागमणी इन्टरनेशनल सूचना प्रविधी ब्यावसायमा प्रवेश ग¥यो । त्यसबेला, लेनोभोका प्रतिनिधीले भनेको कुरा अमित सम्झन्छन्, “तिमिलाई एकैपटकमा २५० ल्यापटप अर्डर गरेको देख्न पाउँ ।“ नागमणीले छोटो समयमै त्यो लक्ष्य पुरामात्र गरेन, त्यहाँबाट यहाँ सम्मको यात्रा, पछाडी फकेर हेर्दा साँच्चै जोकोहीलाई अपत्यारीलो लाग्न थालिसकेको छ । पछी अमितले खाद्यान्न तथा भाँडाकुँडाको ब्यापार छोडेर पूर्ण रुपमा सूचना प्रविधी ब्यापारमा आफूलाई केन्द्रित गरे ।
उनले २००८ मै एसुस, अनि त्यसपछी गेगाबाईट, हाईनेक्स जस्ता प्रविधीजन्य उत्पादनका ब्राण्डहरु नागमणीको पोर्टफोलियोमा थप्दै लगे । सन् २०१२ तिर आएपछी लेनोभोलाई छोडेको नागमणीले फेरी २०२४ मा आएर लेनोभोलाई नेपाली बजारमा आयात तथा विक्री वितरण शुरु गरेको छ ।
नेपालमा एसुलाई नम्बर एक बनाउँदा
सन् २०२० एसुसका लागि नेपाली बजारमा टर्निङ् प्वाईन्टको रुपमा उदायो । सन् २०१९ सम्म नागमणीले नेपाली बजारमा आफूले ठिकै गरेको जस्तो लागे पनि यसको बजार साख १० प्रतिशत पनि थिएन । तर, अब अलिक आक्रमक बजारनीति लिनुपर्छ भनेरै सन् २०२० मा विशेष कार्यक्रम आयोजनाको तयारी ग¥यो । कम्पनीले पनि नागमणीलाई निक्कै राम्रो सपोर्ट ग¥यो । होटल म्यारियट भर्खरै संचालनमा आएको थियो । कम्पनीले त्यहीं एक भब्य कार्यक्रमको आयोजना ग¥यो । यो सूचना प्रविधी ब्यापार क्षेत्रकै सर्बोत्कृष्ठ कार्यक्रम थियो । एक भब्य गाला डिनर, अनि १८० भन्दा बढी देशभर छरीएर रहेका विक्रेतालाई होटलमै राखेर आयोजना गरिएको यस कार्यक्रममा कम्पनीका तर्फबाट उच्च तहका प्रतिनिधीको सहभागिता र कार्यक्रम आयोजनालाई जुन स्तरमा राखेर गरियो त्यसले एसुसको छवि र ब्राण्ड भ्यालुलाई कम्पनीका स्टेकहोल्डरहरु माझ निक्कै उच्च बनाईदियो । यसले विक्रेताहरुलाई नागमणी माथि पनि थप विश्वस्त बढाउन सफल भयो । त्यससँगै अरु दुई तिन वटा कारणहरु छन् जसले सन् २०२० को मध्य तिर पुग्दासम्म नेपालमा एसुसलाई नम्बर एक ब्राण्ड बनाउन सफल भयो ।
सन् २०२० मा आक्रमक बजारनीति लिने भनेर ठूलो परिमाणमा नागमणीले ल्यापटप अर्डर गरेको थियो । त्यसैबेला कोभिडको प्रकोप शुरु भयो, धेरैले कम्पनीलाई अर्डर क्यान्सल गर्न सुझाव दिए । यद्धपी नागमणीले रिस्क लिने भनेरै अर्डर यथावत् राख्यो । कोभिडको प्रकोप शुरु भईसकेको अवस्थामा यो जोखिम निक्कै ठूलो थियो, तर नागमणीले लिएको त्यो जोखिम ठूलो अवसर बन्यो । कोभिडमा ल्यापटपको माग र मूल्य दुवै उच्च रुपमा बढ्यो, बजारमा अरुले जोखिम लिएनन् अरुसँग स्टक नै थिएन । नागमणीले त एकबर्षको लागि चाहिने ल्यापटप एकैपटक आयात गरेका थियो, त्यो केही साता मै सकियो । कम्पनीले लिएको रिस्कको कदर गरेर एसुसले नागमणीलाई अपूर्तीमा प्राथमिकतामा राख्यो, फलतः नेपाली बजारमा निरन्तर माग अनुरुप आपूर्ती गर्न नागमणी सफल भयो र एसुसलाई नेपाली बजारमा नम्बर एक ल्यापटप ब्राण्ड बन्नबाट कसैले रोक्न सकेन । नागमणीलाई कोभिड महामारीका बिचमा कुमारी बैंक एलसी खोल्न जसरी सहयोग ग¥यो त्यो पनि एसुसलाई नम्बर एक बनाउने महत्वपूर्ण कारण थियो ।
एसुस अन्तराष्ट्रिय बजारमा
एसुस नेपाल बाहेक अन्यत्र पनि धेरै विकसित बजारहरुमा नम्बर एक स्थानमा रहेको छ । गेमिङ् सेरिजमा त एसुस विश्वकै नम्बर एक ब्राण्ड हो, जसको प्रतिस्पर्धामा अरु ब्राण्ड धेरै पछाडि रहेका छन् । एसुस विश्वका सबै बजारमा अग्रणी ल्यापटप ब्राण्ड हो, विश्वका सबै बजारहरुमा एसुस टप ३ ब्राण्ड मध्ये नै पर्छ । बरु, नेपाली बजारमा भने यसलाई टप ब्राण्ड मानिएको रहेनछ, नागमणीले आक्रमक बजारनीति लिएपछी बल्ल थाहा भयो, नेपालमा एसुसको पोटान्सियल नै उपयोगमा ल्याईएको रहेन्छ ।
एसुसको फ्ल्यागसीप ल्यापटप नेपाली बजारमा
सन् २०२० को प्रभावकारी कार्यक्रम आयोजना र त्यबाट प्राप्त सफलता पश्चात नागमणी इन्टरनेशनल टिम निक्कै उत्साहित भयो र सन् २०२२ मा पुन अर्को कार्यक्रमको आयोजना गरियो । त्यो अधिल्लो कार्यक्रमका स्केलमा गरियो । एसुसको फ्ल्यागसीप डिभाईस एसुस जेनबुक फोल्ड नेपालमा समेत विशेष कार्यक्रम आयोजना गरेर लन्च गरिएको पहिलो पटक थियो । एसुस र नागमणी दुवैले यसलाई विश्वको पहिलो फोल्डेबल ल्यापटप लन्च इभेन्टको रुपमा संचालन गरे पनि यसको विक्रीको अपेक्षा गरिएकोे थिएन । यसलाई नेपालमा एसुसको ब्राण्ड भ्यालु बढाउने अवसर र उपभोक्तालाई इनोभेसन सँग साक्षत्कार गराउने अवसरको रुपमा लिईएको थियो । तर, अनपेक्षित रुपमा एसुस को फोल्डेबल ल्यापटप राम्रो संख्यामा नेपाली बजारमा विक्री वितरण भयो, र पुनः एकपटक नयाँ रेकर्ड बनाउन नागमणी सफल बन्यो ।