न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता


संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच मंगलबार भेटवार्ता भएको छ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय।

उनीहरूबीच द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जानकारी दिएको छ।

मंगलबार नै प्रधानमन्त्री ओली र  सामोआका समकक्षी फैमे नाओमी माताफाबीच पनि भेटवार्ता भएको छ।


प्रकाशित मिति : २०८१ आश्विन ९, बुधबार गते

धेरै पढिएको

ताजा समाचार