मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको हो ।
नगरपालिका सो सडक बन्द हुँदा सवारी साधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँ र मकवानपुरलाई समन्वयका लागि आग्रह गरेको छ ।
सो सडक राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौँडा अन्तर्गत ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजना अन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।



