बद्री र रचनाको स्वरमा कस्तुपले ल्याए ‘मगमग बासना’ (भिडिओ)


लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ।

कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमा बद्री पंगेनी र रचना रिमालको स्वर छ। गीतलाई एरेन्ज एचबिएन किस्मतले गरेका हुन्।

लोकदोहोरी गीत 'मगमग बासना' सार्वजनिक (भिडियो) Barnanmedia

गीतमा माया प्रेमबाटै अनन्त यात्रा हुनसक्ने चर्चा गरिएको छ। भिडिओमा पल शाह र जुना विश्वकर्माको अभिनय छ।

यो गीत सबै वर्गमा स्रोता दर्शकको रूचिलाई ध्यानमा राखेर निर्माण गरिएको सर्जक पन्तले बताए। गायक पंगेनीले ‘मगमग बासना’  आफ्नो शैलीको निरन्तरता भएको बताए।

प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडिओमा दिनेश पराजुलीको छायांकन र दीपक विष्टको सम्पादन छ। गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडिओ:


प्रकाशित मिति : २०८१ आश्विन ७, सोमबार गते

धेरै पढिएको

ताजा समाचार