पुलिस काभा महिला क्लब च्याम्पियन


नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ।

माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो ।

पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित निकाल्दै पुलिस च्याम्पियन भएको हो ।

May be an image of ‎5 people, people playing voleyball and ‎text that says '‎001 cD иa CAVA YES nd dRm 's VOLLEYBALL CLUB CHAMP 21 September, 2024 Youth Center Indoor Hall, Male', Maldi 2 ።* GO ) erSports عد บ VAM ASSOCIATIC MALDIVES KELME ل ነሉ ut CAVA नैपालप्रहरी नेपाल प्रहरी सत्य सेवा सुरक्षणम JAVC سارت ت‎'‎‎

पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३-० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो ।

पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३-२ सेटको जित निकालेको थियो। त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो।

शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३-१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो ।

च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।

May be an image of 6 people, people playing voleyball and text

सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ साउनमा काभा नेसन्स लिगको‌ रजत पदक विजेता टोली थिए ।

त्यस्तै पुलिसमा साउनमा नै भुटानमा भएको काभा बीच भलिबलमा स्वर्ण पदक विजेता जोडी कमला पुन र मनिषा चौधरी पनि छन् । कमलाकै कप्तानीमा पुलिसले काभा क्लब च्याम्पियनसिप जितेको छ ।

पुलिसको भलिबल टोली
कमला पुन‌ (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की

May be an image of 1 person, playing tennis and text

May be an image of 4 people, people playing voleyball and text that says 'bon- aqua YES CAVA WOMEN'S VOLLEYBALL CLUB CHAMPIONSHIP 20ά 15 15-2 21 Septomber, 2024 Youth Center Indoor Hall, Male Maldives JAVE FIVE o 8 सिपारय डती धिय TpcTa 따방 পাखयন'


प्रकाशित मिति : २०८१ आश्विन ६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार