अस्ट्रेलियाको लगातार दोस्रो जित


विश्वविजेता अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्धको ओडिआईमा लगातार दोस्रो जित निकालेको छ । ५ ओडिआई सिरिजका लागि अस्ट्रेलिया इङ्ग्ल्यान्ड भ्रमणमा छ ।

यो खेलमा जितपाछि अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता बनाएको छ । लिड्समा २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४०.२ ओभरमा २ सय २ रनमा अल आउट भयो ।

जेमी स्मिथले ६१ बलमा ४९, बेन डुकेटले ३२, आदिल राशिदले २७ तथा ज्याकोब बेथहेलले २५ रन बनाए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा ग्लेन म्याक्सवेल, आरोन हार्डी र जोस हेजलवुडले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुँदै २ सय ७० रन जाडेको थियो । विकेटकिपर एलेक्स क्यारीले ६७ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७४ रन जोडेका थिए ।

कप्तान मिचेल मार्शले ५९ बलमा ६०, ओपनरद्वय म्याथ्यु शर्ट र ट्राभिस हेडले समान २९, आरोन हार्डीले २३ तथा ग्लेन म्याक्सवेलले ७ रन बनाए । घरेलु टोलीका लागि ब्रायडन कार्सले ३ तथा ज्याकोब बेथहेल, म्याथ्यु पोट र आदिल राशिदले समान २ विकेट लिए ।

ओडिआईमा अस्ट्रेलियाको यो १४ औं जित हो । गतवर्ष ओडिआई विश्वकपको समूह चरणमा भारतसँग पराजित भएयता अस्ट्रेलियाको कुनै खेल गुमाएको छैन। सिरिजको तेस्रो ओडिआई मंगलवार हुनेछ ।


प्रकाशित मिति : २०८१ आश्विन ६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार