काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा : पुलिस एक खेल अगावै फाइनलमा


विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको छ ।

खेलेका सबै ४ खेल जितेर ११ अंक जोड्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । बिहीवार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३-२ को सेटमा पराजित गरेको हो ।

रोमान्चक पहिलो सेट पुलिसले २१–२५ ले गुमायो । दोस्रो सेट भने पुलिसले २५–२० ले सेट आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेटमा भने वाक्कोले २१–२५ ले जित हात पार्यो । चौथो सेट २५-१८ ले आफ्नो बनाउँदै पुलिसले खेल २–२ मा ल्याएको थियो।

पाँचौं तथा निर्णायक सेट पुलिसले १५–१३ ले आफ्नो बनाउँदै अपराजित यात्रा कायमै राख्यो । पुलिसले‌ चौथो खेलमा आएर सेट हारेको थियो।

काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा नेपाल पुलिसको लगातार तेस्रो जीत |  Ujyaalo Online:: Nepal News, Nepali Samachaar

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को सेटमा नै पराजित गरेको थियो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । पुलिसले आज समूह चरणको‌ अन्तिम खेलमा माल्दिभ्स पुलिस सर्भिसको सामना गर्नेछ ।

पुलिसको भलिबल टोली
कमला पुन‌ (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द

प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)


प्रकाशित मिति : २०८१ आश्विन ४, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार