धरहरा चढ्नेको भिडको तस्विरहरु हेर्नुहोस्


काठमाडौँ, असोज ३ गते । सुन्धारास्थित पुननिर्मित धरहरा बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । धरहरा पुनर्निर्माणका परियोजना प्रबन्धक दीपक सिंहका अनुसार बिहीबार दिउँसोसम्म पाँच हजारभन्दा बढी सर्वसाधारणले धरहरा अवलोकन गरिसकेका छन् ।

उहाँले सर्वसाधारणका लागि खुला गरिएको दिन पाँच सय सर्वसाधारणले धरहरा चढ्ने अनुमान गरिए पनि माग धान्नै नसकिने अवस्थामा पुगेको बताउनुभयो ।

२०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएपछि पुनर्निर्माण भएको धरहरा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

तस्विरहरु:


प्रकाशित मिति : २०८१ आश्विन ३, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार