एन्फा महिला लिग २०८१ मा: पुलिस र चन्द्रपुर बराबरीमा रोकिए


एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई चन्द्रपुर नगरपालिकाले बराबरीमा रोकेको छ ।

May be an image of 2 people, people playing football, people playing soccer and text

लिगमा बुधवारको पहिलो खेलमा पुलिस र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । लगातार दोस्रो बराबरीसँगै पुलिस ६ खेलबाट १२ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

पुलिसले चन्द्रपुरलाई हराउँदै दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको आर्मी समान खेल खेलेर १३ अंकमा रहेको छ । चन्द्रपुर ६ खेलमा ७ अंकका साथ छैटौं स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश खेल्दै छन् । कर्णाली ५ खेलमा १ अंकका साथ नवौं स्थानमा रहेको छ । सुदूरपश्चिम समान खेलमा अंक बिहीन रहदै तालिकाको पुछारमा रहेको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

May be an image of 5 people, people playing football, people playing soccer and text

May be an image of 6 people, people playing soccer, people playing football and textMay be an image of 2 people, people playing soccer, people playing football and textMay be an image of 6 people, people playing soccer, people playing football and textMay be an image of 4 people, people playing soccer, people playing football and text that says 'Cwina 5'May be an image of 3 people, people playing soccer, people playing football and textMay be an image of 2 people, people playing football, people playing soccer and text

 


प्रकाशित मिति : २०८१ आश्विन ३, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार