यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा


यस वर्षको मनसुन याममा औसतभन्दा बढी वर्षा भएको छ। मनसुन सकिन १५ दिन बाँकी हुँदा अहिलेसम्म १ हजार ५०४.१ मिलिमिटर वर्षा भएको छ। यस वर्ष जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो। सामान्यतः असोजको १६ गतेसम्म मनसुन नेपालमा रहने अनुमान गरिएको छ। यो तथ्यांक जेठ १९ गतेदेखि भदौ ३१ गतेसम्मको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार सरदर वर्षाको तुलनामा अहिलेसम्म १०१.६ प्रतिशत वर्षा भइसकेको छ। नेपालमा मनसुन यामको औसत वर्षा १ हजार ४७२.० मिलिमिटर हो। विभागका अनुसार ३० वर्षको वर्षाको स्थिति हेरेर औसत वर्षा निकाल्ने गरिन्छ।

Light rain likely to occur in Kathmandu this afternoon

विभागले २० वटा (डडेलधुरा, दिपायल, धनगढी, जुम्ला, सुर्खेत, नेपालगञ्ज, दाङ, जोमसोम, लुम्ले, पोखरा, भैरहवा, काठमाडौं, जिरी, सिमरा, जनकपुर, ओखलढुंगा, धरान, धनकुटा, विराटनगर, ताप्लेजुङ) केन्द्रमा परेको पानीका आधारमा औसत वर्षा निकाल्ने गर्छ। ती मापन केन्द्रको तथ्यांकअनुसार यस वर्षको मनसुन याममा औसतभन्दा माथि वर्षा देखिएको हो। यद्यपि यस वर्ष विभागले सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको थियो। विभागका अनुसार यस वर्षको मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको बताएको थियो।

यस वर्ष प्रिमनसुन वर्षा कम भएको थियो। सरदर वर्षाको तुलनामा यस वर्षको प्रिमनसुनमा १७३.४० मिलिमिटर अर्थात् ७५.८ प्रतिशत वर्षा भएको थियो। हिउँदमा त झन् कम पानी परेको थियो। हिउँद याममा सरदर ६०.१ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा १२.५ मिलिमिटर मात्रै पानी परेको थियो। अघिल्लो वर्ष मनसुन अवधिमा औसतभन्दा कम वर्षा भएको थियो। अघिल्लो वर्षा याममा सरदर वर्षाको तुलनामा १ हजार ३०३ मिलिमिटर अर्थात् ८८.५ मिलिमिटर मात्रै वर्षा भएको थियो।

Kathmandu Valley received 46 mm rainfall in three hours, Bara 112 mm today  - myRepublica - The New York Times Partner, Latest news of Nepal in  English, Latest News Articles

अधिकांश केन्द्रमा बढी वर्षा मापन
यसवर्ष विराटनगर, धरान,  दिपायल, डोटी, सुर्खेत, दाङको घोराही, काठमाडौं, धनगढी, ओखलढुंगा केन्द्रमा बढी वर्षा मापन भएको छ। यस वर्ष काठमाडौंमा १४ सय मिलिमिटरभन्दा बढी पानी परेको छ। काठमाडौंको मनसुन यामको औसत वर्षा एक हजार मिलिमिटर हो।

त्यस्तै विराटनगर, धरानमा पनि १६ सय मिलिमिटरभन्दा बढी पानी परेको छ। विराटनगरको औसत वर्षा १२ सय र धरानको १४ सय मिलिमिटर हो। धनगढीमा पनि १६ सय मिलिमिटरभन्दा माथि नै वर्षा भएको छ।

डडेलधुरामा १३ सय मिलिटिर पानी परेको छ। जबकी त्यहाँको मनसुन यामको औसत वर्षा ९०० मिलिमिटर मात्रै हो। धनगढीमा पनि १६ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ। धनगढीमा मनसुन यामको औसत वर्षा १४ सय मिलिमिटर हो। डोटीमा पनि अत्यधिक वर्षा भएको छ। डोटीमा अहिलेसम्म ११ सय मिलिमिटर वर्षा भइसकेको छ। त्यहाँ मनसुन याममा ६०० मिलिमिटरमात्रै वर्षा हुने गर्छ।

सुर्खेत विमानस्थलको मापन केन्द्रमा पनि बढी पानी परेको रेकर्ड भएको छ। त्यहाँ  १३ सय मिलिमिटर पानी परिसकेको छ। त्यहाँको औसत वर्षा १२ सय मिलिमिटर हो। दाङको घोराहीमा पनि १६ सय मिलिमिटरमाथि वर्षा भएको छ। त्यहाँको औसत वर्षा १२ सय मिलिमिटर हो। भैरहवा विमानस्थलमा पनि बढी पानी परेको छ। त्यहाँको सरदर वर्षा १२ सय मिलिमिटर रहेकामा १४ सय मिलिमिटर वर्षा भएको छ।

ओखलढुंगामा पनि सरदरभन्दा माथि नै वर्षा भएको छ। त्यहाँ १२ सय औसत वर्षा हुनेमा अहिलेसम्म १६ सय मिलिमिटरभन्ददा माथि नै वर्षा भएको छ। जोमसोममा पनि बढी पानी परेको छ। जोमसोममा अहिलेसम्म १६० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको छ। त्यहाँ १४० मिलिमिटर सरदर वर्षा हो। नेपालगञ्ज विमानस्थल पनि बढी वर्षा मापन भएको छ। त्यहाँ सरदर ११ सय मिलिमिटर वर्षाृ हुनेमा अहिलृेसम्म ११ सय मिलिमिटर वर्षा भइसकेको छ।


प्रकाशित मिति : २०८१ आश्विन १, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार