एनसेल छानबिन समितिले तयार पार्‍यो प्रतिवेदन, आज प्रधानमन्त्रीलाई बुझाउने तयारी


काठमाडौँ । एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने भएको छ ।

समितिका सदस्य सुजन काफ्लेले प्रतिवेदन तयार भएको र आजै प्रधानमन्त्रीलाई बुझाउने रातोपाटीसँग बताए । उनले प्रधानमन्त्रीको उपत्यका बाहिर जानुपर्ने कार्यक्रम रहेको र सो कार्यक्रमबाट फर्केपछि आज साँझतिर प्रतिवेदन बुझाउने  बताए ।

 


प्रकाशित मिति : २०८० माघ १५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार