२ लाख ५० हजार घुससहित नापी सर्भेक्षक रामवीरसहित ३ जना पक्राउ


काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर  यादवसमेत ३ जनालाई २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग जग्गाधनी पूर्जा बनाउने क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले छापा मारेको थियो।

छापा मार्ने क्रममा टोलीले सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार घुससहित टोलीले पक्राउ गरेको हो ।


प्रकाशित मिति : २०८० माघ १०, बुधबार गते

धेरै पढिएको

ताजा समाचार