काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको ग्राउन्ड फ्लोर खाली गर्ने भएको छ।
काठमाडौं मलको ग्राउन्ड फ्लोरमा रहेका सटरहरू हटाएर पार्किङका लागि खुला गराउने तयारी भइरहेको महानगरको प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु जोशीले बताए।
उनकाअनुसार उक्त क्षेत्रमा माइकिङ गरेर केही समयदेखि जानकारी गराउने काम भइरहेको छ।
‘मलको नक्सामा ग्राउन्ड फ्लोर पार्किङ भनेर उल्लेख गरिएको छ। तर अहिलेसम्म पनि त्यहाँ विभिन्न पसलहरू सञ्चालन नै भइरहेको पाइयो, त्यसैले खाली गर्न लागिएको हो,’ उनले भने।
उनकाअनुसार सोमबार ग्राउन्ड फ्लोर खाली गराउने तयारी छ।

