चिसो बढ्दै, तराईमा हुस्सु र कुहिरो


तराई मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसो बढेसँगै तराईमा हुस्सु र कुहिरो लाग्न थालेको हो ।

कुहिरोका कारण तराईका जिल्लामा पारदर्शिता (भिजिबिलिटी) निकै कम भएको छ ।

देशका अधिकांश भूभागमा तापक्रम क्रमश घट्दै गइरहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।


प्रकाशित मिति : २०८० मंसिर २५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार