दुई बर्षपछि नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई सेयर बजारको कारोबार स्थगित


काठमाडौँ–  सेयर बजारको कारोबार आइतबारका लागि स्थगित गरिएको छ ।

बजार खुलेदेखि नै उछालको गतिमा दौडिएको नेप्सेमा तेश्रोपटक सर्किट लागेसँगै आजका लागि सम्पूर्ण कारोबार रद्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो ।

आज कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाउँदै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।

त्यसपछि खुलेको बजार पुनः केही मिनेटभित्रै ५ प्रतिशतले बढेपछि फेरि कारोबार स्थगित गरी दोश्रोपटक सर्किट लगाइएको थियो ।

दोश्रो सर्किटपछि ४० मिनेटका लागि स्थगित भएको बजारमा कारोबार पुनः सुरु भएको केही मिनेटमै उछालको गतिमा दौडिएर ६ प्रतिशतको बढोत्तरीसँगै तेश्रो पटक सर्किट लगाउँदै नेप्सेले आजको बाँकी अवधिको कारोबार रद्द गरेको जनाएको हो ।

नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ को विन्दूमा पुगेको छ ।  यो अवधिमा ४८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।  बजारमा १३ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ भने २२ वटाभन्दा बढीको कम्पनीको पनि सर्किट लेभलमै कारोबार भएको छ ।  कुल २२७ कम्पनीले कमाएको यो दिन ३ म्युचुअल फण्ड र २ वटा लघुवित्तको सेयरमूल्य मात्र घट्न पुगेको थियो ।

कुन उपसमूहमा कति प्रतिशतको उछाल  ?
यो दिन हाइड्रोपावर उपसमूहकाको सूचक ८.६३ प्रतिशतले बढ्न पुगेको छ ।

त्यसपछि होटल र टुरिजम समूह करिब ७ प्रतिशत, विकास बैंक र वित्त समूहमा समान ६.५९ प्रतिशत, बैंकिङ समूह ५.६८ प्रतिशतको उछाल देखिएको छ ।

लगानी समूह ६.४९ प्रतिशतले बढेको यो दिन जीवन बीमा समूह ५।३० र निर्जीवन बीमा समूह ५.२२ प्रतिशतले बढ्न पुग्यो ।

ट्रेडिङ समूहको उपसूचक ५.८७, उत्पादन समूह ४.८०, माइक्रोफाइनान्स ५.६५, अन्य समूह ४.५१ र म्युचुअल फण्ड ०.२१ प्रतिशतले बढे ।


प्रकाशित मिति : २०८० मंसिर २४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार