नेपाल–भारत–श्रीलंका मोटरसाइकल यात्रा हुँदै


काठमाडौँ — सांस्कृतिक आदानप्रदान तथा शान्ति र सद्भावको उद्देश्य सहित नेपाल, भारत र श्रीलंका सम्मिलित मोटरसाइकल यात्रा हुने भएको छ ।पुस १५ देखि माघ ६ सम्म तीनै मुलुकका विभिन्न भागबाट मोटरसाइकल यात्रा हुने उल्लेख छ ।

नेपाल–भारत–श्रीलंका मोटरसाइकल यात्रा हुँदै

उक्त यात्राको लागि कोलम्बोस्थित नेपाली दूतावासले उक्त कार्यक्रमको पत्राचार गरेको छ । उक्त त्रिपक्षीय मोटरसाइकल यात्रामा रहेक मुलुकका दुई वैकल्पिकसहित ७ जना खेलाडी रहने छन् ।

उक्त यात्रा कार्यक्रम श्रीलंकाको वान युनिभर्स अर्गनाइजेसन, भारतको सर्ब धर्म संवाद र नेपालको जनकपुर टाउनटेबल–३३ मिलेर आयोजना गर्न लागेको हो । उक्त मोटरसाइकल यात्रा गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि भारतका विभिन्न स्थान हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा पुगेर सकिने छ ।


प्रकाशित मिति : २०८० मंसिर २१, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार